काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतका लागि नेपाली राजदूतमा प्रस्तावित चन्द्रकुमार घिमिरेको नाम बहुमतले अनुमोदन गरेको छ ।
सिंहदरबारमा १९ सेप्टेम्बर बिहीबार बसेको बैठकले सरकारले सिफारिस गरेका घिमिरेसहित १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार एक देशका लागि प्रस्तावित राजदूत भने बिहीबार अनुमोदन हुन सकेनन् ।
को को भए अनुमोदन ?
१ चीन : प्राडा कृष्णप्रसाद ओली
२ बेलायत : चन्द्रकुमार घिमिरे
३ जर्मनी : डा शैल रुपाखेती
४ भारत : शंकरप्रसाद शर्मा
५ इजरायल : डा धनप्रसाद पण्डित
६ मलेसिया :डा नेत्रप्रसाद तिमल्सिना
७ पाकिस्तान : रीता धिताल
८ पोर्चुगल : प्रकाशमणि पौडेल
९ कतार : रमेशचन्द्र पौडेल
१० रुस : जंगबहादुर चौहान
११ दक्षिण अफ्रिका : प्राडा कपिलमान श्रेष्ठ
१२ साउदी अरब : नरेशविक्रम ढकाल
१३ दक्षिण कोरिया : डा शिवमाया तुम्बाहेम्फे
१४ स्पेन : सनिल नेपाल
१५ अमेरिका : लोकदर्शन रेग्मी
१६. डेनमार्क :सुम्निमा तुलाधर
समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।
शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ । उहाँको विषयमा निर्णय गर्नेबारे स्नातक उत्तीर्णको प्रमाणपत्र नभेटिएको बताइएको छ ।