लन्डन । बेलायतको अल्डरसटस्थित न्यु लक्ष्मी ज्वेलर्सद्वारा आयोजित तिज रेल्फी कन्टेस्ट २०२४ को प्रथम विजेता ओमिका राईले नौगेडी जितेकी छन् । टेस्टभेल्लीकी उनले सामाजिक सञ्जालमा ३२५ लाइक, २९७ कमेन्ट र २८ शेयर पाएर १ हजार ३० अंक प्राप्त गरिन् ।
डनकास्टरकी विमला पुन दोस्रो विजेता बन्दै माइली तिलहरी जितिन् । उनले २६७ लाइक, १८८ कमेन्ट तथा ५२ शेयरसहित ७९९ अंक प्राप्त गरिन् ।
तेस्रो विजेता बनेकी टिडवर्थकी गंगा राईले चन्द्रमा प्राप्त गरिन् । १५९ लाइक, ९९ कमेन्ट, ९३ शेयरसहित उनले ६३६ अंक पाएकी थिइन् ।
चौथो विजेता रनिता चेम्जोङले इयर टप जितिन् । केम्बर्लीकी उनले ९९ लाइक, ५८ कमेन्ट र ५५ शेयरसहित ३८० अंक प्राप्त गरेकी थिइन् ।
पाँचौँ विजेता बनेकी डनफर्मलाइन स्कटल्यान्डकी वर्षा खनालले फिंगर रिङ जितिन् । उनले ७९ लाइक, ६३ कमेन्ट र ५२ शेयरसहित २३८ अंक प्राप्त गरेकी थिइन् ।
यसैगरी, तपना राई ६६ लाइक, २६ कमेन्ट र ४० शेयरसहित २३८ अंक प्राप्त गर्दै छैटौँ विजेता बनिन् । टिडवर्थकी उनले सिल्भर क्वाइन प्राप्त गरेकी थिइन् ।
यस कन्टेस्टमा सहभागी बन्न तिजका गरगहना लगाएर सेल्फी खिची न्यु लक्ष्मी ज्वेलर्समा पठाउनुपर्ने नियम रहेको थियो । सेल्फी पठाउन १० अगस्टदेखि ३१ अगस्टसम्म ज्वेलर्सको फेसबुक र ह्वाट्सएपमा पठाउन सकिने समय तोकिएको थियो । १ सेप्टेम्बरमा उक्त सेल्फी अपलोड गरिएको थियो ।
ज्वेलर्सले नेपाली समुदायका विभिन्न पर्वका अवसरमा यस्ता कार्यक्रम गर्दै आएको छ । लामो समयदेखि ग्राहकको सेवामा रहेको न्यु लक्ष्मी ज्वेलर्समा सुन तथा चाँदीका सम्पूर्ण डिजाइनका मौलिक एवम् आधुनिक नेपाली गरगहना पाइन्छन् । अशिकांश अर्डर बेलायतमा आफ्नै कालिगढले तयार पार्छन् भने विशेष अर्डरहरु अन्य मुलुकबाट ल्याइने गरिन्छ ।
सन् २०१३ मा स्थापित लक्ष्मी ज्वेलर्स गुणस्तर र विश्वसनीयताका कारण बेलायतका धेरै नेपालीको मन जित्न सफल छ । लक्ष्मी ज्वेलर्सले आफूलाई ‘विश्वास र गुणस्तरको अर्को नाम’ भन्ने गर्छ ।