Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • जिन्दगीका मोडहरूमा सुखभन्दा दुःख नै धेरै पाएकी छु: टिका सानु
जिन्दगीका मोडहरूमा सुखभन्दा दुःख नै धेरै पाएकी छु: टिका सानु
मिलन तमु
मिलन तमु आइतबार, भदौ ३०, २०८१

अहिलेकी चर्चित लोकदोहोरी तथा लाइभ दोहोरी गायिका हुन्, टिका सानु । सांगीतिक भ्रमणका क्रममा उनी बेलायत आएकी छन् । बेलायतका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिइरहेकी छन् । यसै क्रममा गायिका सानुसँग गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले 'हिँड्‌दा, हिँड्दै शृंखला'मा गरेको अन्तरंग कुराकानी:

बेलायत आउनुभएको कति भयो ?
११ सेप्टेम्बरमा एक महिना भएको छ । सुनगाभा इन्टरटेन्मेन्टको निमन्त्रणा र न्यु लक्ष्मी ज्वेलर्सको सहयोगमा आएको हो ।कार्यक्रमहरूमा व्यस्त छौँ। खुसी छौँ । 

c979d8dc-201e-44f6-9010-d113eaa26244-1726420362.jpeg
बेलायत पहिलो पटक हो ?
हजुर, पहिलो पटक आएको हुँ । पहिले विभिन्न कारणले आउन पाएको थिइन । सबै कुरा जुर्नुपर्ने रहेछ । सुनगाभासँग आउन जुरेको रहेछ । उहाँहरूको कारणले पहिलो पटक बेलायत भ्रमण गर्दै छु ।

यहाँको कस्तो भइरहेको छ?
एकदमै राम्रो र रमाइलो भइरहेको छ । मेरो साथमा सुमन परियार दाइ पनि हुनुहुन्छ । दाइ र म बेलायत आउनुभन्दा पहिला हङकङ पनि सँगै गयौँ । यात्राको साथी दाइ पनि राम्रो अभिभावक जस्तै हुनुहुन्छ । हामी खुसीका साथ रमाइरहेका छौँ । 

Sanvi jeeler
Maoustail service

d4979403-3ef0-4840-9207-f0f9f95a97f0-1726420404.jpeg
बेलायत र नेपालबीच के फरक पाउनुभयो?
धेरै फरक छ, बेलायत बेलायत नै हो । नेपाल नेपाल नै हो । धूलो माटो भए पनि आफ्नो देशको धेरै माया लाग्ने रहेछ । मेरो पहिलो पटक लामो समयका लागि विदेशको यात्रा हो । बेलायत विकासका हिसाबले धेरै अगाडी छ । सफा छ । नेपाल त्यस्तो छैन । र पनि आफ्नो देश धेरै प्यारो लाग्छ । नेपाल पनि छिट्टै विकास होस् भन्न चाहन्छु । 

तपाईं लाइभ दोहोरी र लोक दोहोरीका कारण चर्चित हुनुहुन्छ । यता आउँदा चाहिँ लाइभ दोहोरी के भइरहेको छ?
केही कार्यक्रम सुटिङ गरेर आएको थिएँ । त्यो प्रसारण भइरहेको छ । मेरो ‘कथा माइलीको’ टेलिसिरियल छ ।  यसलाई सबैले माया गरिदिनुभएको छ । यहाँ आएर पनि धेरैले तपाईंको सिरियलको म नियमित दर्शक हुँ, भनेर सुनाउँदा धेरै खुसी लाग्यो । परदेशका सबै दिदीबहिनीहरू ड्युटी गर्नुहुन्छ, र पनि आफ्नो गाउँ र देशको मायाले हाम्रो सिरियललाई पनि हर्नुहुने रहेछ । त्यसैले बेलायतमा बस्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । कार्यक्रमहरू स्टक राखेर आएको छु, त्यही भएर चली नै रहेको छ ।

f76ffff2-5d96-4b10-a451-bd28aa81e68a-1726420442.jpeg
अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले अफिसियल गीतहरू २५३ वटा हुँदासम्म टिपेको थिएँ । त्यसपछि समय र परिस्थितिका कारण भ्याइन।  ३०० भन्दा बढी भयो होला । लाइभ दोहोरी चाहिँ १ हजार कट्यो होला ।  लाइभ दोहोरी गाउन धेरै मन पर्छ । मलाई यसैले चिनाएको हो । म लाइभ दोहोरीलाई धेरै माया गर्छु । लाइभ दोहोरीले पनि मलाइ धेरै माया गर्छ । 

म्युजिक भिडियोमा पनि खेल्नुभएको छ?
कतिपय म्युजिक भिडियोमा खेलेको छु । आफ्नो सिर्जन सबैमा आफै काम गरेको छु । अन्य आउने प्रोजेक्टहरू पनि गरेको छु । लेखेको, गाएको र नाचेको गरेर नै ३०० पुग्यो होला । 

सांगीतिक यात्रामा कुन-कुन देश पुग्नुभएको छ ?
म २-४ वटा देश गएको छु । दुबई, कतार, हङकङ, इजरायल, जापान र अहिले बेलायत।

4535721d-ae2e-4f5a-8b01-197f2cff41be-1726420818.jpegसांगीतिक यात्राको क्रममा उत्तर चढाव त आउँछ नै, तपाईंको खुसी र दुःखको क्षण ?
जिन्दगीमा उकाली ओराली भइरहन्छ । सधैँभरी एकनासले न खोला बग्छ न जिन्दगी । जिन्दगीका मोडहरूमा सहज पनि भयो । अप्ठ्यारो पनि भयो । यति हुँदाहुँदै पनि यहाँ आइपुगेकोमा सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु । उहाँहरूकै मायाका कारण म यहाँ छु । मेरो दुःखको कुरा धेरै छ । अहिले पनि दिदी बिरामी हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था ठिक नभएको अवस्थामा पनि कार्यक्रमहरू त गरिरहेको छु, तर दिदीलाई कहिले सन्चो होला भन्ने कुरा दिमागमा खेलिरहेको हुन्छ । परिवारमा सबैजना स्वस्थ भयो भने खुसी लाग्छ । म संसारकै खुसी मान्छे जस्तो लाग्छ । बहिनी पहिले नै बिरामी छिन् । यसले दुःखी बनाउँछ । जिन्दगीका सबै सुख दुःखका कुराहरू यती छोटो समयमा भनेर सकिन्न । यति नै भन्न चाहेँ ।

लाइभ दोहोरीमा तपाईं प्राय दुःखका गीतहरू गाउनुहुन्छ । त्यसमा रुनु पनि हुन्छ, त्यो रियल हो?
अफिसियल गीत गाएर भिडियो बनाउँदा चाहिँ आँसु हाल्ने चलन हुन्छ । तर लाइभमा भने जे हुन्छ लाइभ नै हुन्छ ।  मान्छेलाई यत्तिकै आँसु झर्दैन । गीतमार्फत धेरै कुरा व्यक्त गरिरहेकी हुन्छु मैले । मान्छेका अनेक पीडा हुन्छन् । सबैभन्दा धेरै म रोएको गीत सुप्रिम मल्लसँग आमाछोरा बनेर गाएको गीत हो । त्यो गीतमा चाहिँ म सानो छँदा आमा विदेश गएको पल सम्झेर आँसु आएको हो । यस्ता धेरै कुरा छन् मेरो मनमा । जुन कुराले चस्स बिझाउँछ, अनि आँसु आउँछ । नाटक गरेर आएको आँसु होइन ।   

यो क्षेत्रमा लागेर खुसी हुनुहुन्छ?
एकदम खुसी छु । मलाई कहिले पनि पछुतो लागेन । जीवनमा धेरै संघर्ष गरेर प्राप्त गरेको पेसा हो । यो  पेसामा लागेर मलाई चल्नै नसकेको भए पनि पछुतो लाग्दैन । 

701d2aa8-89ad-4cb7-a4bc-07bfbe86276c-1726420782.jpegनयाँ पिँढीलाई केही सुझाव छ?
जति पनि नयाँ आउँदै हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने, लोकदोहोरी साँघुरो सानो क्षेत्र छ । यसबाट आफूले प्राप्त गर्ने होइन कि आफूले पनि लोकदोहोरीलाई के दिन सक्छु त ? यसलाई फराकिलो बनाउन के गर्न सक्छु त? भन्ने कुरालाई ध्यानमा राखेर आउनुहोला । केही सिकेर,  बुझेर र अध्ययन गरेर आउनुहोला । 

अन्त्यमा के भन्न चाहनुहुन्छ?
सम्पूर्ण दर्शक तथा श्रोतालाई फेरि पनि नमस्कार । अब केही समय बेलायतमै रहनेछु । हजुरहरूको समय मिलेसम्म कार्यक्रममा आउनुहोला । मेरो कार्यक्रमको बारेमा सामाजिक सञ्जालमा पनि जानकारी गराउनेछु । मरेर जाने जिन्दगी हो । भेटघाट गरौँला । रमाइलो गरौँला । जीवनमा मेरो ठूलो उपलब्धि भनेको तपाईंहरूसँग भेट्ने र कुराकानी गर्ने नै हुनेछ ।


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
'नेपाली भिलेज यूके परियोजना सन् २०२७ को मध्यसम्ममा सकेर बिजनेसमा लैजाने योजना छ' [भिडियो अन्तर्वार्तासहित]
'नेपाली भिलेज यूके परियोजना सन् २०२७ को मध्यसम्ममा सकेर बिजनेसमा लैजाने योजना छ' [भिडियो अन्तर्वार्तासहित] बिहीबार, मंसिर १८, २०८२
'फेमिनिस्ट टपिक'हरुमै फिल्म बनाउने इच्छा छ : मेहका चाहत लुइँटेल [अन्तर्वार्ता भिडियोसहित]
'फेमिनिस्ट टपिक'हरुमै फिल्म बनाउने इच्छा छ : मेहका चाहत लुइँटेल [अन्तर्वार्ता भिडियोसहित] बिहीबार, कात्तिक २७, २०८२
गायिका कामनालाई प्रश्न: बेलायतको सांगीतिक भ्रमण कस्तो भइरहेको छ?
गायिका कामनालाई प्रश्न: बेलायतको सांगीतिक भ्रमण कस्तो भइरहेको छ? मंगलबार, कात्तिक १८, २०८२
'विजनेसको नाफामध्ये १० प्रतिशत अनुग्रह फाउन्डेसनबाट नेपालमा सहयोग गरिरहेका छौं' [अन्तर्वार्ता भिडियो]
'विजनेसको नाफामध्ये १० प्रतिशत अनुग्रह फाउन्डेसनबाट नेपालमा सहयोग गरिरहेका छौं' [अन्तर्वार्ता भिडियो] शनिबार, कात्तिक १५, २०८२
'जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली समुदायको सहयोगमा मात्रै सफल पार्न सकिन्छ' [भिडियोसहित]
'जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली समुदायको सहयोगमा मात्रै सफल पार्न सकिन्छ' [भिडियोसहित] बुधबार, असोज २२, २०८२
नेपाली मेलामार्फत बेलायतमा 'मिनी नेपाल' देखाउने प्रयास गर्दै आएका छौँ : उपाध्यक्ष कमल गुरुङ [भिडियोसहित अन्तर्वार्ता]
नेपाली मेलामार्फत बेलायतमा 'मिनी नेपाल' देखाउने प्रयास गर्दै आएका छौँ : उपाध्यक्ष कमल गुरुङ [भिडियोसहित अन्तर्वार्ता] आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्