लन्डन । गाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार गजुरेल, सुबोध गौतम बेलायत आइपुगेका छन् ।
इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा हुने कार्यक्रमका लागि गजुरेल, गौतम, प्रभात लामा, मोहन गजुरेलको टोली बुधबार लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका हुन् । उनीहरुलाई आयोजक इभेन्ट नेपाल युकेका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
हास्य कलाकार गजुरेलले सबै वर्ग युवा, बुबा युके निवासीमात्रै नभई छिमेकी बेल्जियम, फ्रान्सबाट समेत ७ र ८ तारिखको कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे । उनको यो तेस्रो पटकको बेलायत भ्रमण हो । इभेन्ट नेपालले कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको भन्दै प्रशंसा गरे ।
यस्तै गौतमले पनि आफूहरु सुविधाजनक तरिकाले बेलायत आएको भन्दै कार्यक्रमका लागि निमन्त्रणा गरे ।
लामाले हँसाउने आफूहरुको कर्म भएको भन्दै उनले बेलायतमा सुरु भएको यस्ता कार्यक्रमलाई स्थापित गर्न आग्रह गरे ।
गाईजात्रा यूके कार्यक्रममा लाइभ दोहोरी, डाइनामिक म्युजिक टिम (ब्यान्ड) हुनेछन् । ७ सेप्टेम्बरको कार्यक्रममा लोक तथा दोहोरी कलाकार टीका सानु, राजु ढकाल र दिपक थापाले प्रस्तुति दिने छन् । ८ को कार्यक्रममा मनमाया वाइबा, दीपक थापा र राजु ढकालले गीत गाउने आयोजकले जनाएको छ । कार्यक्रम उद्घोषण दीपक मैथाने मगरले गर्नेछन् ।
कार्यक्रममा सहभागीले कार्यक्रम हलको गेटमा ३५ पाउन्ड र अग्रिम टिकेट लिने ३० पाउन्ड मात्र तिर्नुपर्नेछ ।