नेपाल । गायिका कविता घर्ती गुरुङको सुमधुर स्वरमा सजिएको नयाँ गीत 'लाहुरे मायाको' बजारमा आएको छ। राम गगनको शब्द रचना रहेको यस गीतमा चर्चित संगीतकार प्रकाश दुतराजले संगीत भरेका छन् भने संगीत संयोजनको जिम्मेवारी सुदीप सागरले निभाएका छन्।
भिडियोको मुख्य आकर्षणका रूपमा लोकप्रिय अभिनेत्री बर्षा राउत, चाहना राना मगर र कलाकार शेखर घर्ती मगरको सशक्त अभिनय तथा नृत्य देख्न सकिन्छ। मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार पारिएको यस भिडियोलाई अनिल के. मानन्धरले कलात्मक रूपमा छायांकन गरेका हुन्। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने यसको निर्माण एलबी गुरुङले गरेका हुन्।
प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा मौलिक बाजागाजाहरू मादल, सारङ्गी, बाँसुरी र सहनाईको उत्कृष्ट मिश्रण रहेको छ। श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेको यस गीतले तीजको मौलिक र सांस्कृतिक रौनकलाई झल्काएको निर्माण पक्षले बताएको छ । भिडियोमा सिन्धुली नौमती पञ्चेबाजा समूह लगायतका कलाकारहरूको पनि विशेष सहयोग रहेको छ। गीतलाई उत्कृष्ट बनाउन प्राविधिक तथा व्यवस्थापकीय पक्षमा ठूलो टिमले मिहिनेत गरेको निर्माण टिमले जानकारी दिएको छ ।
निर्माण पक्षले गीतमा सहयोग गर्ने इन्दिरा घर्तीमगर (यूएसए, न्युयोर्क), नारायणी घर्तीमगर, योगमाया घर्तीमगर, ऐश्वर्या केसी, अस्तित्व केसी, सागर क्षेत्री (यूके), डा. दीपक जीसी (यूके), ममता कोइराला (यूके), दिलकुमारी थापा (यूके), मीना जीसी (यूके) र गौरव क्षेत्री (यूके) लाई विशेष धन्यवाद दिएको छ ।