पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु (युके) को निर्माण तथा प्रस्तुतिमा नयाँ गुरुङ गीत ‘पुर्नबै लयँ’ (पूर्णिमाको जुन) सार्वजनिक भएको छ। गुरुङ समुदायको भाषा र कला संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ तयार पारिएको यस गीतमा गायक आरके गुरुङ र गायिका पवित्र गुरुङको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतकार तथा सङ्गीतकार साजन गुरुङको शब्द एवं सङ्गीतमा सजिएको यस गीतलाई धनबहादुर गुरुङले एरेन्ज गरेका हुन्। एआर स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ र मास्टरिङको काम बुद्धराज बज्राचार्यले गरेका छन्।
अडियोसँगै गीतको भिडियो पक्षलाई पनि निकै कलात्मक बनाइएको छ। साजन गुरुङकै निर्देशन तथा नृत्य निर्देशन रहेको भिडियोमा सुबिग गुरुङ र सृष्टि गुरुङको मुख्य अभिनय रहेको छ।
सन्देश गुरुङको क्यामेरा संयोजन रहेको भिडियोलाई टेकमान गुरुङले सम्पादन र रङ संयोजन गरेका हुन्। टिएमजी फिल्म्सको पोस्ट प्रोडक्सनमा तयार भएको यस म्युजिक भिडियोमा गोपी गुरुङ र सरोज गुरुङले लाइट व्यवस्थापन सम्हालेका छन् भने विक्रम थापाको शृङ्गार रहेको छ।
मौलिक परिवेशमा निकै मिहिनेतका साथ अडियो र भिडियो निर्माण गरिएकाले यो गीतलाई सम्पूर्ण दर्शक तथा स्रोताले अत्यधिक रुचाउने विश्वास निर्माण टिमले लिएको छ।
पुर्नबै लयँ (पूर्णिमाको जुन) गीत यस प्रकार छ :
स्थाई
केटा: ( मुलै चोखो क्यु पारे, पुर्नेर खबै लैइ पारे)२
मुलको चोखो पानी जस्तै , पुर्णिममा आउने जुन जस्तै
( क्यो ङ्योइ ङोल्स्यो आचैदी तोई ङलाई लु तारे)२
तिमी पाँए सोल्टिनी चाहिँदैन केही मलाई अब
केटी: ( चु सैँ म्हेव म्रुँपारे , खुबर खबै ठोई पारे)२
यो मनले सोँचेको राजा जस्तो , जाडोमा आउने न्यानो जस्तै)
( क्यो ङ्योई ङोलो आचैदी तोई ङलाई लु तारे)२
तिमी पाँए सोल्टी चाहिँदैन केही मलाई अब
अन्तरा१
केटा : ( ए छाले छ्याबै माया , खले तजे ङल)२
ए यति राम्री माया , कसरी भयो मेरो
(ङै जिन्दगी औँशीदो मुलो , तयजे झलमल)२
मेरो जिन्दगी औँसी जस्तै थियो भैगयो झलमल
केटी: ( चु सैँ म्हेव म्रुँपारे , खुबर खबै ठोई पारे)२
यो मनले सोँचेको राजा जस्तो , जाडोमा आउने न्यानो जस्तै)
( क्योई ङ्योई ङोलो आचैदी तोई ङलाई लु तारे)२
तिमी पाँए सोल्टी चाहिँदैन केही मलाई अब
अन्तरा २
केटी: (ए सै न्होर्वे ङोलो, कति सब पोँलो )२
ए मन भित्रको सोल्टी , कति मिठो बोलेको
( ङै अफैलाई म्लेयाजे ङोलो, क्योई मायार तो कोँलो)२
(मै आफैंलाई बिर्सिए सोल्टी तिमीले मायामा के मिसायौ)