यूके । एनएसकेके (NSKK) को प्रस्तुतिमा पूर्वी नेपाली संस्कृति र मौलिक पहिचान झल्किने गीत ‘हामी त पर्यौँ पुर्बेली’ तयार भएको छ । परम्परागत भेषभूषा, गरगहना र सांस्कृतिक परिवेश समेटिएको यस गीति सिर्जनामा महेन्द्र राई र मोनिका राईको स्वर रहेको छ । गीतको कन्सेप्ट, शब्द रचना, संगीत तथा निर्देशनको जिम्मेवारी अमाशी उर्वाण राईले पूरा गरेका छन् ।
अडियो पक्षलाई निखार्न कमल रसाइलीले संगीत संयोजन (एरेन्ज) गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको काम सुमन खड्काबाट भएको हो । स्टुडियो पर्पलमा रेकर्ड गरिएको यस गीतको कोरसमा एनएसकेके क्रुको सामूहिक साथ रहेको छ ।
दृश्य निर्माणतर्फ छायाङ्कन र सम्पादनको काम अमृत विश्वले सम्हालेका छन् । मनिता गुरुङ र रोमा राईको कोरियोग्राफी रहेको भिडियोमा उनीहरूकै साथमा राज राई, आयुष्मा सुब्बा, मंगल गुरुङ, अभिषेक गुरुङ, ज्योत्सना राई, श्रिया सुबेदी, योमा राई, प्रयाञ्च राई, अजय क्षेत्री र आशिष चुवान गरी १२ जना कलाकारको प्रस्तुति समेटिएको छ ।
NSKK ले गीत तथा भिडियो निर्माणमा सहयोग पुर्याउने किरात कम्युनिटी अफ रोचेस्टरका हर्क पाल सुब्बा, अमृता पर्धन, पवित्र प्रसाईं, लीला भट्टराई, डुक भट्टराई तथा एनएसकेकेका अभिभावकहरूप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ ।