लन्डन । नेपाली चलचित्र गौँथली बेलायतका दुई दर्जनभन्दा बढी सहरमा एकैसाथ प्रदर्शन हुने भएको छ । चलचित्र आगामी अगस्ट ७ र ८ मा Cineworld, Vue, Savoy लगायत विभिन्न सिनेमा हलहरूमा प्रदर्शन गरिनेछ ।
नेपालमा श्रावण १ गतेदेखि सफलतापूर्वक प्रदर्शन भइरहेको गौँथली अब बेलायतका नेपाली दर्शकमाझ पनि पुग्न लागेको हो ।
Cineworld अन्तर्गत अल्डरसट, बर्मिङ्घम, इल्फोर्ड, साउथ रुइसलिप, बेक्सलेहिथ, स्विन्डन, एशफोर्ड र वुल्भरह्याम्प्टनमा चलचित्र प्रदर्शन हुनेछ । त्यसैगरी Vue सिनेमाअन्तर्गत ह्यारो, लिड्स लाइट, रिडिङ, स्टार सिटी, वाटफोर्ड, वेस्टफिल्ड स्ट्राटफोर्ड, बेसिङस्टोक फेस्टिभल प्लेस, डेगनहम, फार्नबरो, नर्थह्याम्प्टन, रोमफोर्ड, थरोक र योर्कमा पनि चलचित्र प्रदर्शन गरिनेछ ।
यसका साथै ग्रान्थम, क्याट्रिक र डन्कास्टरस्थित Savoy सिनेमा, ह्यारोको Metro Cinema तथा लेस्टरको Piccadilly Cinemas अन्तर्गत रहेको Independent Cinemas मा पनि गौँथली प्रदर्शन हुनेछ ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको निर्देशन बेलायत निवासी डा. कपिल रिजालले गरेका हुन् । चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लोनिभा तुलाधरलगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
डा. कपिल रिजाल र सुमन गिरीद्वारा निर्मित गौँथलीको टिकट सम्बन्धित सिनेमा हल वा आधिकारिक बुकिङ लिङ्कमार्फत आफ्नो पायक पर्ने स्थानका लागि खरिद गर्न सकिने जनाइएको छ ।