लन्डन । एचक्यू १०१ ओएसबीका उत्साही पर्वतारोहण टोलीले २९ अप्रिल २०२४ मा कर्पोरल तेजबहादुर गुरुङद्वारा आयोजित अविस्मरणीय साहसिक तालिमको यात्रा सुरु गरे।
विभिन्न क्याप ब्याज र नियमित तथा रिजर्भ सदस्यसहितको टोलीले प्रतिदिन ३० किलोमिटरसम्म यात्रा गर्दै विश्वको आठौँ अग्लो हिमाल मनासलु सर्किट पार गरेका थिए ।
सरुन गुरुङसहितको टोलीले गाइड र पोर्टरको सहयोगमा काठमाडौँदेखि मच्छाखोलासम्मको यात्रा थालनी गर्यो । गुरुङ र तिब्बती समुदायको पारम्परिक आतिथ्य अनुभव गर्दै उनीहरूले कठिन भूभाग पार गरे । लार्के पास (५,१०६ मि) पार गर्दा शारीरिक र मानसिक सहनशीलताको परीक्षा भयो, जुन यो यात्राको सबैभन्दा चुनौतीपूर्ण भाग थियो ।
कठिन यात्रा सफलतापूर्वक सम्पन्न गरेपछि, टोलीले पोखराको गुरखा संग्रहालय भ्रमण गर्यो । जहाँ गुरखाहरूको गौरवशाली इतिहास र विरासतबारे जानकारी हासिल गरे । ‘ब्रिटिस आर्मी भर्ती प्रक्रियाको अवलोकन गर्ने अवसर पनि पाए । जसले नेपाल र बेलायतबीचको विशेष सम्बन्धलाई थप समझ प्रदान गर्यो,’ उनी भन्छन्, ‘यसका साथै, पोखरा र काठमाडौँको ऐतिहासिक र सांस्कृतिक भ्रमणमा भाग लिए । जहाँ यी शहरको समृद्ध परम्परा र जीवित इतिहासमा आफूलाई डुबाउन सके ।’
समग्रमा, १० दिनको यात्रा सफल रहेको सरुनले बताए । सबैले यो अनुभवको भरपुर आनन्द लिए र अविस्मरणीय सम्झना बनाएको उनको भनाइ छ । यो यात्रा केवल शारीरिक चुनौती मात्र नभई सांस्कृतिक यात्रासमेत रह्यो । जसले नेपालप्रति गहिरो सम्मान र समझ प्रदान गर्यो । यात्रा सफल बनाउन Gurkha Mortgages र Hot Stone स्टेक एन्ड सुशी बारले प्रायोजन गरेका थिए ।