लन्डन । नेप्लिज लेडिज कम्युनिटी हन्स्लो (एनएलसीएच) ले भव्य रुपमा तीज पर्व मनाएको छ । गत ३१ अगस्ट २०२४ मा फेल्थाम एसम्ब्ली हलमा उपाध्यक्ष सुस्मिता कान्दङ्वा र महासचिव ध्रुवी गुरुङको सहआयोजनामा महिलाहरुको पर्वको रुपमा चिनिएको तीज मनाइएको हो ।
कार्यक्रममा स्वास्थ्य र सुरक्षा ब्रिफिङ महासचिव ध्रुवीले गरेकी थिइन् भने उपाध्यक्ष सुनिता प्रधानले स्वागत मन्तव्य राखेकी थिइन् । अध्यक्ष प्रभा खापुङ र संस्थापक अध्यक्ष देवी गुरुङले दीप प्रज्वलन गरी कार्यक्रम औपचारिक उद्घाटन गरेका थिए । कार्यकारिणी सदस्य शर्मिला सुब्बाले गणेश मन्त्रको जप गरी आध्यात्मिक माहोललाई थप समृद्ध बनाए । डीजे लोब्साङ लामाले बजाएको नेपाल र बेलायतको राष्ट्रिय गानले देशभक्तिको माहोल थपिएको थियो । अविस्मरणीय साँझ, जसले सांस्कृतिक उत्सव, परोपकार र जीवन्त मनोरञ्जनको संयोजन भएको अनुभव भएको सहभागीहरुको भनाइ थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष देवी गुरुङले मन्तव्य राख्दै तीज पर्वको शुभकमना दिइन् । नयाँ आजीवन सदस्यहरुलाई अध्यक्ष प्रभा खापुङले प्रमाणपत्रको साथमा सम्मान गर्दै उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् । औपचारिकता समापनपछि नयाँ कार्यसमितिको परिचय र सामूहिक तस्बिर खिचिएको थियो । गायक तथा कार्यकारी सदस्य कला चेम्जोङले प्रस्तुत गरेको लोकप्रिय तीज गीत 'तीजको लहर आयो बरी लै' बाट सुरु भएको साँझ एक जीवन्त अनौपचारिक कार्यक्रममा परिणत भयो । जसले सबैलाई डान्स फ्लोरमा तान्यो ।
यसपछि निरु रेग्मी, शिखा खड्का र सुष्मा बस्यालको गतिशील नृत्य प्रस्तुत गरिएको थियो । जसले लोकप्रिय नेपाली गीतहरूको मिश्रणले दर्शकहरूलाई मोहित बनाएको थियो । रातको मुख्य आकर्षण वार्षिक एनएलसीएच राफल ड्र थियो । एक प्यारो परम्परा जसले परोपकारमा समुदायको समर्पणलाई जोड दिन्छ।
राफलबाट ४ सय ७७ पाउन्ड जम्मा भएको थियो । उक्त रकम नेपाल र स्थानीय क्षेत्रको परोपकारी क्षेत्रमा प्रदान गरिनेछ ।
राफलको प्रायोजन जय सन्तोषी माँ, रिमाई लन्डन र केक एन्ड स्विट्स् सुप्रिम बेकरीले गरेका थिए । एनएलसीएचका कार्यकारी सदस्यहरुको सक्रियतामा साँझको वातावरण रमाइलो भएको थियो । उनीहरुले राफलका लागि पनि आकर्षक पुरस्कारहरु र वेलकम ड्रिङ्स उपलब्ध गरेका थिए । राफलपछि साँझको मुख्य आकर्षणका रूपमा उभिएको नेपाली कलाकार शिवदास गुरुङको नृत्य प्रस्तुतिले दर्शकलाई मनमोहक पारेको थियो । खानाको बन्दोबस्त फेल्थमको गोर्खा दरबार रेस्टुरेन्टले गरेको थियो । अत्यावश्यक उपकरण प्रायोजन सहितको अटल सहयोगको लागि रोबर्ट लियाम रोजलाई विशेष धन्यवाद दिइयो ।
२०२४ सालको तीजलाई सफल बनाउन उपस्थित सबै पाहुना, स्वयंसेवक, शुभचिन्तक र एनएलसीएचका सदस्सहरुलाई कृतज्ञता व्यक्त गर्दै आयोजकले धन्यवाद व्यक्त गरे । कार्यक्रममा करिब डेढ सय जनाको उपस्थिति थियो ।
कार्यक्रम उपाध्यक्ष सुष्मिता कन्दङ्वा र महासचिव ध्रुवी गुरुङले संचालन गरेकी थिइन् ।