लन्डन । तमु समाज यूके आमा समूहको हरितालिका तीज कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।
हरेक वर्ष मनाउँदै आएको तीज यस वर्ष पनि ३१ अगस्ट २०२४ शनिबारका दिन लन्डनको वेम्बली बरहामपार्कस्थित आफ्नै सामुदायिक भवन (तमु समाज यूके नेप्लीज कम्युनिटी सेन्टर)मा धूमधामका साथ मनाइएको हो । कार्यक्रममा तमु समाज यूकेका आमा दिदीबहिनी एवं लन्डन वरपरका नेपाली नारीहरूको उल्लेख्य उपस्थिति थियो ।
तमु समाज यूके आमा समूहकी अध्यक्ष विमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव रमिला गुरुङले सञ्चालन गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक विष्णुकुमारी गुरुङ, तमु समाज यूकेका अध्यक्ष बिन्दु घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष उमादेवी गुरुङ, पूर्वअध्यक्ष माया गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा अतिथिहरू तमु धीं यूकेका आमा समूहकी अध्यक्ष तथा प्रथम महिला सन्ध्या गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटी प्रमुख लिना गुरुङ, हातेमालो समाजका यूकेका अध्यक्ष राधा गुरुङ, आशिम ज्वेलर्स हेरोका प्रोपाइटर रन्जु श्रेष्ठ, लन्डन फेसन हाउसका प्रबन्ध निर्देशक आसा भुसाल, इन्टरप्रन्युर एली गुरुङलगायत तमु समाज यूकेका ज्येष्ठ नागरिक आमाहरू सबै अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा हेल्थ एन्ड सेफ्टीबारे सचिव रमिला गुरुङले जानकारी दिएकी थिइन् । त्यसैगरी आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य र आमा समूहकी अध्यक्ष विमला गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा आमा समूहकी कोषाध्यक्ष बिवा गुरुङले तथा तीज कार्यक्रमलाई विभिन्न किसिमका भौतिक सहयोग र आर्थिक प्रायोजन गर्ने दाताहरूको नामावली वाचन गर्दै सबै सहयोगी दाताहरूप्रति आभार प्रकटसहित धन्यवाद व्यक्त गरेका थिए ।
यस वर्षको तीज कार्यक्रममा मनोरन्जनको निम्ति राखिएको राफल ड्रको प्रथम पुरस्कार सुनको चन्द्रमा जय श्री कृष्ण ज्वेलर्स यूकेका प्राप्राइटर दुर्गा गौतमले प्रायोजन गरेकी थिइन् । दोस्रो पुरस्कार, सुन र मोतीले जडित खुकुरी सारी पिन आस्मी ज्वुलर्स साउथ हेरोबाट र तेस्रो पुरस्कार आजीवन सदस्य लक्ष्मी गुरुङ हरोबाट प्रायोजन गरेका थिए भने राफल ड्रको अन्य पुरस्कारहरु आमा समूहका दिदीबहिनीहरुले प्रायोजन गरेका थिए । यस पटक पहिलो पटक युवा नानीहरुले राफल ड्र कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैगरी नृत्यतर्फ उत्कृष्ट नृत्यंगना पुरस्कार तमु समाज यूकेका आमा समूह, दोस्रो पुरस्कार धनमाया गुरुङ र सीमा गुरुङ तथा तेस्रो पुरस्कार एली गुरुङले प्रायोजना गरेका थिए । अन्य पुरस्कारहरु तमु समाज युकेका आमा समूहका सल्लाहकार दिदीबहिनीहरुले प्रायोजन गरेका थिए ।
तीज कार्यक्रमको नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्यंगनाको उपाधि रितिका श्रेष्ठले जितिन् । दोस्रो स्थान विष्णु आले र तेस्रो स्थान मिना तामाङले जितेका छन् । यस वर्षको राफल ड्रको आकर्षक प्रथम पुरस्कार सुनको चन्द्रमा तमु समाज यूकेका पूर्वप्रथम महिला तथा सल्लाहकार विष्णुमती गुरुङले जिते ।
उक्त अवसरमा नेपालबाट आएका अतिथि वरिष्ठ पत्रकार डण्ड गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो । वरिष्ठ पत्रकार गुरुङ (नेपालको राष्ट्रिय टेलिभिजन एबीसी न्यूजका सम्पादक, गुरुङन्यूज डटकमको संरक्षक तथा सम्पादक छन्) भने उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), पूर्वअध्यक्ष तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका, सल्लाहकार छन् ।
गुरुङले सञ्चारजगत्बाट तमुहरूको विकास र समुन्नतिमा विशेष योगदान पुर्याउनुका साथै तमु समाज यूकेले कोभिड महामारीमा र बाढी पहिरोका कारण कष्टकर जीवनयापन गर्न बाध्य भएका नेपालीका लागि राहत वितरण कार्यमा सहभागी भएका थिए । यस्तै, तमु समाज यूकेको मुखपत्र (स्मारिका) ‘सलि ट’ को प्रकाशन कार्यमा गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै ‘तमु समाज यूके विशिष्ट समाजसेवा सम्मानपत्र-२०२४’ द्वारा सम्मान गरेको थियो ।
वरिष्ठ पत्रकार गुरुङको स्वागत र सम्मान कार्यक्रम सञ्चालन समाजका निवर्तमान महासचिव धरम बल गुरुङले गरेका थिए भने संस्थाकी अध्यक्ष बिन्दु घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङ, निवर्तमान अध्यक्ष उमादेवी गुरुङले खादा, फेटा लगाएर विशिष्ट समाजसेवा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, पूर्वअध्यक्षहरु अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार सुब सिङ गुरुङ (बीईएम) अन्य सल्लाहकार र कार्यसमितिका पदाधिकारी उपस्थित थिए ।
पत्रकार गुरुङले तमु समाज यूकेबाट प्राप्त सम्मानप्रति खुसी व्यक्त गर्दै तमु समाज यूकेप्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले समाजप्रति ऋणी छु र तपाईंहरुको प्रेरणा र हौसला सहयोगले गर्दा नै नेपालमा पत्रकारको रूपमा टिक्न सकिरहेको धारणा राखे । उक्त अवसरमा तमु समाज यूकेले विगत १६-१७ वर्षमा गरेको सामाजिक दायित्व सामाजिक सेवा गरेको देख्दा आफू अत्यन्तै प्रभावित भएको र यो समाजलाई परिकल्पना गर्ने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई कृतज्ञता व्यक्त गर्दै र यो समाजलाई यहाँसम्म ल्याई पुर्याउने पूर्वअध्यक्षहरु, निर्वतमान अध्यक्षहरूप्रति पनि कृतज्ञता व्यक्त गरे ।
‘तमु समाज यूकेले वर्तमान अध्यक्ष महिला नेतृ पाउनुभएको छ । हाम्रो लागि यो गर्वको विषय हो । किनकि हाम्रो समाजमा हाम्रो घर महिलाले चलाउनु हुन्छ र समाजले पनि महिला नेतृ पाउँदा अत्यन्तै राम्रो भएको छ । तमु समाज यूकेले पहिलो नेतृ पाउनु भएको छ र उहाँलाई सबैले सहयोग गर्दै समाजलाई अगाडि बढाउनमा सहयोग गरिदिनुहुन आह्वान गर्दै वर्तमान अध्यक्ष बिन्दु घलेलाई हार्दिक बधाई तथा शुभकामना छ,’ उनले भने ।
कार्यक्रममा समाजका अध्यक्ष बिन्दु घलेले धन्यवाद मन्तव्य दिएकी थिइन् । उक्त अवसरमा तमु समाज यूकेक महिलाहरूको पर्व तीजको अवसरमा नेपालबाट आएका वरिष्ठ पत्रकार तथा सम्पादक र लेखक डण्ड गुरुङलाई तमु समाज यूकेमा स्वागत तथा सम्मान गर्नु पाउँदा खुसी लागेको बताइन् ।
पत्रकार गुरुङले विगतमा तमु समाज यूकेप्रति गरेको सहयोग र योगदानको लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि उहाँबाट सहयोगको अपेक्षा राखेको बताइन् । तीज कार्यक्रमको हल सजावटमा आमा समूहका अध्यक्ष विमला गुरुङ, समाजका अध्यक्ष बिन्दु घले र अन्य दाजुभाइ, दिदीबहिनीले सहयोग सहयोग गरेका थिए ।
कार्यक्रममा प्रवेश शुल्क संकलनको कार्यमा आमा समूहका कोषाध्यक्ष बिवा गुरुङ र सारा गुरुङले, पेय पदार्थको व्यवस्थापन र वितरण सल्लाहकार हर्कबहादुर गुरुङ र सल्लाहकार उदय गुरुङले गरेका थिए ।
तीज कार्यक्रममा रारा केटर्सका प्रोप्राइटर प्रताप रायमाझीले खानाको बन्दोबस्त गरेका थिए । आमा समूहका उपाध्यक्ष मथुरा गुरुङ, तमु समाज यूकेका उपाध्यक्ष मिरा गुरुङ, सल्लाहकार सूर्यकुमारी गुरुङले सेलरोटी, दर र घ्यू संस्थापन अध्यक्ष चित्रबहादुर गुरुङले प्रायोजन गरेका थिए । कार्यक्रमको फोटोग्राफी टेक गुरुङले गरेका थिए ।
यस पटकको तिज कार्यक्रममा मिहला, यावा तथा नानीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । युवा नानीहरूबाट नै कार्यक्रमको नृत्य सुरु भएको थियो ।
दिउँसो २:३० बजे आरम्भ भएको तीज कार्यक्रममा सहभागी दिदीबहिनीहरूले स्वादिष्ट खानासहित प्रज्वालमान गुरुङको तीज डिजेमा बेलुका १० बजेसम्म नाचेर भरपुर मनोरञ्जन गरेका थिए ।