लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरूको स्वागत गर्ने भएको छ ।
बौद्ध परम्परामा महत्वपूर्ण मानिने वर्षवासका अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बामा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुलाई शनिबार ३१ अगस्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागेको हो ।
कार्यक्रममा लामा लुंगरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति, आयु पूजा, खेन्पो बाग्रिन्द्र शिलाले बोधिसत्त्वको अभ्यास विषयमा प्रवचन, खेन्पो सेनाङ ग्याम्जोले संघ दान तथा वर्षवासको विषयमा प्रवचन दिइने भएको छ ।
सो अवसरमा लामा लुंगरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ र लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ ।
विभिन्न पूजा, प्रवचन, संघ दानका साथ सम्पन्न हुन लागेको कार्यक्रममा बेलायतमा रहेका नेपालीलाई उपस्थितिका लागि बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङदावा शेर्पाले अनुरोध गरेका छन् ।