लन्डन । चार भन्ज्याङ तमु समाज यूकेको १७औँ वार्षिक समर भेटघाट सम्पन्न भएको छ । मोर्डनस्थित पेबिलिन एन्ड प्लेइङ फिल्डमा १७ अगस्ट शनिबारका दिन भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा सदाझैँ समाजका सम्पूर्ण चेलीबेटी तथा ज्वाइँ परिवारलाई आमन्त्रित गरिएको थियो I प्रमुख अथिति तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ तथा तमु धींका आमा अध्यक्ष सन्ध्या गुरुङ रहेका थिए ।
सीबीटीएस आईसीसी अध्यक्ष ह.ले चन्द्रबहादुर गुरुङलगायत सीबीटीएस बुटवल एकाइ झपडबहादुर गुरुङ, सीबीटीएस पोखरा पूर्वअध्यक्ष सु.मे नारायणसिङ गुरुङ एवं समाजका प्रमुख सल्लाहकार तथा सम्पूर्ण सल्लाहकारको सहभागिता थियो ।
यसैगरी, कार्यसमिति पदाधिकारीका साथै अग्रज मान्यजन, दाजुभाइ, दिदीबहिनी र छोराछोरी उपस्थित थिए । सो अवसरमा कर्यक्रममा नेपालबाट आएका लोकदोहोरी कलाकार मनमाया वाइबा, राजु ढकाल र शिवराज गुरुङको दमदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराएको थियो ।
साथै, समाजका कलाकार सहि गुरुङ र केञ्जी गुरुङको सुन्दर नृत्यले सबैको ध्यान खिचेको थियो । कल्चर सचिव प्रकाश गुरुङ तथा महासचिव अमर गुरुङले राफल ड्र सञ्चालन गरेका थिए । जसले कार्यक्रमलाई झन् मनोरञ्जनात्मक बनाएको थियो । नयाँ सदस्य, नव विवाहित जोडी, जुनसुकै क्षेत्रमा पदोन्नति भएका मान्यजन तथा संघसंस्थामा सम्मानित व्यक्तित्व र ८० वर्षभन्दा माथिका अग्रजलाई समाजको खादा, फेटा, सल र सिल्भर स्टिकले सम्मान गरिएको थियो I
खाना र पेय पदार्थका लागि छैटौँ कार्यसमितिले निःशुल्क व्यवस्थापन गरेको थियो I यस कार्यक्रम सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने इष्टमित्र र मान्यजनलाई सीबीटीएस यूकेका अध्यक्ष बेन गुरुङले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।