लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले कारुणिक सहनशीलता नेतृत्व तालिम र प्राकृतिक हिँडाइ सम्पन्न गरेको छ ।
गत शुक्रबार १६ अगस्ट २०२४ मा डी लाउन्ज मा बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म कारुणिक सहनशीलता सामाजिक नेतृत्व तालिम आयोजना गरेको हो । उक्त तालिममा अध्यक्ष मन गुरुङले सामाजिक नेतृत्वले संवेदनशील समयमा कस्तो भूमिका खेल्ने, नेतृत्व भनेको के हो र यसको किसिम र अहिलेको समयमा यसको आवश्यकताबारे उदाहरणसहित प्रस्तुत गरेका थिए ।
यसैगरी, ईन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङले समाजलाई घरसँग तुलना गरी घर राम्रो हुनु पर्छ समाज राम्रो हुनलाई र समाज राम्रो हुनुपर्नेमा जोड दिँदै योजना र रणनीति कसरी बनाउने, अभ्यास, दिमाग, शरीरका बारेमा आफू घर र समाजलाई सफल बनाउने तरिका र विधि सिकाएकी थिइन् । तालिममा युवादेखि सामाजिक नेतृत्वको सहभागिता थियो ।
त्यसैगरी, प्राकृतिक हिँडाइ आइतबार १८ अगस्ट २०२४ बिहान ७:३० बजे कुऐन्स क्यूइन्स ऐभ्न्यूमा जम्मा भएर सुरु गरिएको थियो । अध्यक्ष मन गुरुङले कार्यक्रमबारे संक्षिप्त जानकारी दिएका थिए । इन्द्र गुरुङले कार्यक्रमको स्टेपबारे र पञ्चतत्वसँग कसरी अभ्यास गरिन्छ भन्नेबारे जानकारी गराएका थिए ।
ताइची तालिम हप्ताको दुई दिन फार्नबोरो र अल्डरसटमा नि:शुल्क सञ्चालन भइरहेको छ । फार्नबोरोमा शनिबार र मंगलबार मूर पार्कमा बिहान ८ बजे देखि ९:३० बजेसम्म र अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा आइतबार र बुधबार बिहान ८ बजेदेखि ९:३० बजेसम्म सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमलाई द नेसनल लोटरी फन्डले सहयोग गरेको छ ।