लन्डन। ग्रेटर रशमोर नेपाली कम्युनिटीको आयोजनामा ‘नेचर वक फर वेलनेस’ अल्डरसटको क्यूइन्स ऐभ्न्यू क्षेत्रमा गत अगस्ट १८ तारीख सम्पन्न भएको छ । नेपालबाट बेलायत भ्रमणमा आएका इन्टरनेसनल ट्रेनर एन्ड कोच इन्द्र गुरुङ, साईक्लोजिस्ट र ईनर्जी हिलर राजी श्रेष्ठ गुरुङ र आकाशा हिलर रोनाल्ड गुरुङबाट कार्यक्रम भएको थियो ।
देश र विदेश गरी हजारौँको संख्यामा गुरुङ जोडीले ट्रेनिङ, कोच गराइसकेका छन् । इन्द्रको पाँचौँ पटकको बेलायत भ्रमणको दौरानमा बेलायतका नेपालीलाई लिडरसीप ट्रेनिङ, ईनर्जी सेन्टरमा मेडिटेसन, र रिट्रिटका कार्यक्रम गरिसकेका छन् ।
फरक फरक उमेरका करिब ४० जनाको समूह नेचर वकका लागि निकै उत्साहित देखिएको थियो । बिहान साढे सात बजे नै सबै सहभागि क्युइन्स ऐभ्न्यू ग्राउन्डमा जम्मा भएका थिए । मास्टर इन्द्र र राजीले नेचर वकको महत्त्व र सुरक्षाबारे पालैपालो बुझाएका थिए। प्रकृतिसँग अनुमति माग्दै सबै जना हिँड्नका लागि तयारी भए। हावा, पानी, अग्नि, आकाश र पृथ्वीसँग जोड्ने प्रक्रियालाई बिस्तारै अभ्यास गराउँदै जाँदा केही सहभागी भावुक भएका थिए।
केही समयको हिँडाइपछि फरेष्ठ बाथ र कथार्सिस गराएको थियो । वायुसँग कनेक्टपछि जमिनसँग कनेक्टका लागि ३० मिनेट जति खाली खुट्टा हिँडाइएको थियो । खाली खुट्टा पानीमा डुबाएर केही समय ‘वाटर कनेक्ट’ गरिएको थियो । दिन घुर्मिलो थियो । घामसँग कनेक्टका लागि सूर्यलाई अनुरोध गरियो । त्यही बेला घाम पनि देखिएकाले सहभागीहरू अचम्मित भए ।
ह्वाईटलाइट मेडिटेसन गर्दा सबै आनन्दित देखिएका थिए । नयाँ विधिबाट प्लान्ट कनेक्सन गरिएको थियो । यस विधिबाट ब्यक्तिला भएको ऐन्टि डिप्रेसन र ऐन्टी एनजाएटीको लागि काम गर्दछ । जहाँ पनि वनस्पति भएको ठाउँमा आफै गर्न सकिने कुरा मास्टर गुरुङले बताए । अन्त्यमा ट्री हगिङ स्टेज पूरा भएपछि सबै प्रकृति प्रेमी बनेको सहभागीको अनुहारबाट अनुमान गर्न सकिन्थ्यो ।
जीवनयापनको सहज पक्ष भनेकै प्रकृतिसँग जोडिनु हो भन्छन् मास्टर गुरुङ । गुरुङले नै ह्यूमन प्यान्डोलमको आविष्कार गरेका हुन् र निरन्तर रूपमा देश विदेशमा नेचर वक र अन्य ट्रेनिङ गराइरहेका छन् ।
केही महिना अगाडि मात्र गुरुङ जोडीले स्पेनका एक समूहलाई सुन्दरीजल काठमाडौँमा नेचर वक गराएका थिए ।