लन्डन । बेलायतमा सांगीतिक कार्यक्रमका लागि आएका गायिका रेजिना परियार र मोडल तथा डान्सर आरुषी मगरलाई अल्डरसटमा सञ्चालित अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्सले स्वागत सम्मान गरेका छन् ।
बुधबार १४ अगस्टमा गायिका रेजिना र मोडल आरुषीलाई आ-आफ्नै ज्वेलर्समा प्रोपाइटरहरुले खादा, मायाको चिनोसहित स्वागत सम्मान गरेका हुन् । अनुग्रहका सञ्चालक दम्पती सुमन राई र मुना राईलाई कलाकारलाई सम्मान गरे । मुनाले कलाकार भनेको देशको गहना भन्दै स्वागत गरेकी थिइन् ।
सम्मान ग्रहणपछि आरुषीले बेलायतमा कलाकारलाई धेरै मान सम्मान दिन्छन् भन्ने सुनेकोमा आज आफैंले प्रत्यक्ष महसुस गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले स्वागत, सम्मान र मायाका लागि ज्वेलर्स सञ्चालकहरुलाई धन्यवाद दिइन् ।
चलचित्र निर्मातासमेत रहेका सञ्चालक सुमन राईले कलाकार देशकै सम्पत्ति भएको उल्लेख गर्दै अझै अगाडि बढ्न शुभकामना दिए । उनले जनताले मात्रै नभई राज्यले पनि सरकारले सम्मान र संरक्षण गर्नुपर्नेमा आफ्नो विचार रहेको बताए ।
न्यानो माया, स्वागत र सम्मानका लागि अनुग्रह ज्वलर्स सञ्चालिका मुना राई, सुमन राई, न्य लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राई लाई गायिका रेजिनाले धन्यवाद दिइन् । उनले नेपालका सुनचाँदी पसलमा नदेखेको डिजाइन अनुग्रह र लक्ष्मी ज्वेलर्समा देखेको भन्दै नजिकिँदै गरेको तीजको अवसरमा उक्त दोकानमा सेवा लिन आग्रह गरिन् ।
कलाकार स्वागत सम्मानका अवसरमा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङ, बगर भाइ खलकका अध्यक्ष दिलरास गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु लगायतको उपस्थिति थियो ।