ए साथी चिया खाना अब आउँदिनँ है !
मनमा खटपट नलिए यो भन्दैमा,
बेलाबखतमा बोल्दा, पुरानो कुराहरु सम्झी हाँसिदिम्न है ।
पारिवारिक भेटघाटमा उपस्थित नभएमा, मन खिन्न नगर्नु है
सधैं हाँसीखुसी मजाक गरेझैं गरिदिनु है ।
ए भाइ, मेरो जिम्मेवारी नि तँलाई देर गाको छु,
पढी लेखी ठूलो मान्छे बन्ने अपेक्षा राख्नु है,
कतै जाँदा 'को छ तेरो' भन्दा नहिचकिचाइ मेरो नाम लिइदिनु है,
तेरो साथ को आँट बढाउनमा सहयोग गरिदिनु है ।
ए बहिनी, मेरो माया नि तँलाई छोडेर गाको छु,
तेरो बिहेमा त पक्का आउँछु मेरो वाचा छ,
तर तेरो नि केही सपना र आशा छ भने भन है,
सुनको हार दिन नसक्ने मेरो भरिपूर्ण माया र आशीर्वाद छ ।
भाइटीकामा निधार खाली खाली होला,
तर तेरो अनन्त मायाले मेरो मनभरि छ,
खिन्न नमान बहिनी, अझै आउँदो वर्ष भाइटीका आउँदै छ ।
ए बा, अब त हात नि चौउरी पर्यो होला,
केही काम र परिवारको जिम्मा मेरो नि हातले लिन्छ,
तपाईंको साथ कसले देला भनेर नडराउनुस्,
पहिले पनि तपाईंको छोरा बाँकी छ ।
समयले तपाईंलाई बुढेसकालमा धकेल्दै छ,
तर नडराउनुस् मेरो पूर्ण आस्था र अपेक्षा तपाईंमै छ ।
दसैंमा निधार खाली भए पनि,
सबैको आशीर्वाद र माया लिने नै छु,
त्यो दिन काम परे पनि, सबैलाई यो भारी मनले सम्झिने नै छु ।
ए आमा, तपाईंलाई त भन्न धेरै छ,
तर भावनाले पहिल्यै शब्द पुरिदिन्छ,
सबै संसरार देखाउने तपाईंलाई मेरो धन्यवाद छ,
आशा छ अर्को जन्ममा नि तपाईंकै कोखमा जन्मने नै छु ।
तपाईं नि मन भारी नगर्नु है,
म नफर्केसम्म आफ्नो सासलाई सास दिनु है,
सबैको ध्यान दिँदादिँदा आफ्नो लागि ध्यान दिनचाहिँ नबिर्सिनु है,
अनन्त माया तपाईंबाट पाएँ,
अब म नि दिने प्रयास गर्दै नै छु ।
ए जन्मभूमि, तिम्लाई छोडेर टाढा जाँदै छु,
असारे झरिझैं नरोईदेउ है,
म फर्केर आउँछु छिट्टै,
तेत्तिञ्जेल वसन्त फुलेझैं फुल्देउ है ।
तिम्रो लागि भए नि फर्की आउँछु छिट्टै म है,
यहाँ छुट्टिएको त परिवार छ, तर किन किन लाग्छ मन तिम्रो रोइरहेको छ है ।
(वैदेशिक वनबासमा लेखिएको संवाद मनको) ११/१०/२०२३