लन्डन । स्कटल्यान्डमा आइतबार सम्पन्न दोस्रो बाल साहित्य गोष्ठीमा १६ जना नेपाली बाल साहित्यकारले कविता सुनाएमा छन् ।
एवर्डिन शहरमा भएको गोष्ठीमा नेपाली साहित्य विकास परिषद् यूके, द पोइट्री ग्रुप एवर्डिन, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्ड र अर्गनाइजेसन फर नेपलिज कल्चर एन्ड वेलफेयरको संयुक्त संयोजनमा गोष्ठी भएको हो ।
परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज हिमालयन एसोसिएसनका अध्यक्ष रामराज पहारीले स्वागत मन्तव्य राखेका थिए । अतिथिहरूलाई खादा, टोपी तथा मायाको चिनो र स्मारिका प्रदान गरिएको थियो ।
गोष्ठीमा अरिना लामिछाने, एभिगेल थापा, साइरा पहारी, किर्तीका भेटुवाल, एन्जेल अर्याल, गिरिसा गौतम, एन्जीला सुवेदी, सर्विन क्षेत्री, प्रनिस तिमल्सिन्ना, सुभश्री रेग्मी, आएन घिमिरे, अक्क्षा न्यौपाने, सिनिग्धा अर्याल, नमन रिजाल र आभना कार्कीले कविता वाचन गरेका थिए । आरुस मल्लले नृत्य गरेका थिए ।
उनीहरूलाई एनएलडिसी बाल साहित्य प्रोत्साहन पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त पदक परिषद्ले सन् २०२० मा स्थापना गरेको हो ।
परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, नवीन के क्षेत्री, प्रकाश अर्याल र रामराज पहारीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।