लन्डन । बेलायतमा यही १२ अगस्ट २०२४ मा दोस्रो नटिंघम नेपाली मेला हुँदै छ । नेपाली समाज नटिंघम इस्टमिड्ल्यान्ड युकेको आयोजनामा नेपाली मेला हुन लागेको हो ।
मेला बिहान १० बजेदेखि राति ९ बजेसम्म मेलवर्न रोडस्थित मेलवर्न पार्कमा हुनेछ । मेलामा भलिबल, कबड्डी, लुठो तानातान, घैंटो फोर, पत्नी बोकी भाग, बाउन्सी कासल (बच्चा), बालबालिका फुटबल, लाखे नाच, पञ्चेबाजा, थप्पडी, मादलमा मौलिक तीज, भजनकीर्तन, राफलड्र लगायत आकर्षण रहने आयोजकले जनाएको छ । साथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइको छ ।
मेलामा पछिल्लो समयका चर्चित लोक तथा दोहोरी कलाकारहरु टिका सानु, रविन लामिछाने, सुमन परियार, रेनुका भट्टराईलगायत दर्जन जना रहेका छन् । मेलामा सफ्ट ड्रिंक, हार्ड ड्रिंक, चिसो/तातो ड्रिंक, नेपाली भोजनहरु, नेपाली खाजा, नेपाली पोसाक/कपडा, आइसक्रिम भ्यान, मोर्गेज र घरसम्बन्धी, इन्सुरेन्स सम्बन्धी, एकाउन्टेन्ट, मनि ट्रान्सफरहरुको स्टल रहने आयोजकले जनाएको छ ।