लन्डन । धादिङ-नुवाकोट समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । फेल्थम सामुदायिक कलेजमा शनिबार विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित भेटघाट सम्पन्न भएको हो ।
बिहान ९ देखि १२ बजेसम्म एसेम्ब्लीसँगै वार्मअप मिटिङ, चौथो डीएनएस युथ तथा भेट्रेन फुटबल भएको थियो । त्यसपछि विजेता तथा उपविजेतालाई मेडल प्रमाणपत्रसहित नगर पुरस्कार प्रदान गरिएको थियो ।

युवातर्फ पहिलो पुरस्कार ३०० पाउन्ड, दोस्रो पुरस्कार २०० पाउन्ड र भेट्रेनका विजेतालाई १०० पाउन्ड रहेको थियो । उपाध्यक्ष मोतिमान बज्राचार्यले अग्नी सुरक्षाबारे जानकारी गराए ।
साढे ३ बजे औपचारिक कार्यक्रम सुरु भएको थियो । संस्थाका महासचिव बुद्धि तामाङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष धन तामाङले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर तथा विषेश अतिथिमा हानवर्थ पार्क वार्ड हन्स्लोका काउन्सिलर विष्णु गुरुङ र श्रीमती सीता गुरुङ रहेका थिए ।

यसैगरी, अतिथिहरूमा म्हेन्दो माया परिवार यूकेका अध्यक्ष हरिसिंह वाइबा, तमु समाज यूकेका अध्यक्ष विन्दु घले, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापामगर, तामाङ सोसाइटी यूकेका उपाध्यक्ष विमला मोक्तान, धादिङ इन्टरनेसनल समाजका अध्यक्ष राजन खकुरेल र रहेका थिए ।

यसैगरी समाजका सल्लाहकारहरू नारायण गुरुङ, राम गुरुङ, Bam Blenthen, नरबहादुर घले, घले समाज यूकेका अध्यक्ष मेजर रिटयर्ड विष्णु घले, गोपिमान प्रधान, याम घले, तुल तामाङ, कमनसिंह वाइबा पनि अतिथिको रूपमा उपस्थित थिए ।

युवा व्यवसायी तथा बुद्ध कन्स्ट्रक्सनका निर्देशक पेम्बा वाइबा, महिला समूहका अध्यक्ष इश्वरी तामाङ, डीएनएस युवा संयोजक तथा आईटी मास्टर थमु गुरुङ, ज्येष्ठ नागरिकहरू टासी तामाङ र किर्त गुरुङसमेत रहेका थिए ।

अध्यक्ष र प्रमुख अतिथिले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसपछि राष्ट्रिय गान र उपाध्यक्ष गोल तामाङले स्वागत मन्तव्य राखे । कृष्ण तामाङले स्वागत गानका रूपमा ‘जहाँ छन् बुद्धका आँखा’ प्रस्तुत गरे । सल्लाहकार तथा पूर्वअध्यक्ष र अन्य अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।
यस्पछि संस्थाका सदस्यको परिवारबाट विभिन्न विश्वविद्यालयमा ग्र्याजुएट हुनेहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि र अध्यक्षले आजीवन सदस्य तथा सहयोगी दाताहरूलाई पनि सम्मान गरेका थिए । प्रमुख अतिथि गाहामगरले शुभकामना मन्तव्य राखेपछि अध्यक्षले प्रमुख अतिथि र अतिथिहरूलाई टोकन अफ एप्रिसिएसन प्रदान गरेका थिए । अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापनको घोषणा गरेपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो ।

साढे ६ बजेपछि सुरु भएको मनोरञ्जनात्मक कार्यक्रम कृष्ण पाख्रिन र मिलन गोम्जाले सञ्चालन गरेका थिए । जसमा चर्चित गायिका मनमाया वाइबा, लक्ष्मी खड्का, कुमार योञ्जन तथा डान्सर लक्ष्मी गुरुङलगायत कलाकारले उपस्थित दर्शकलाई मनोरञ्जन दिलाए । कलाकारहरूलाई प्रोत्साहन पत्र पनि प्रदान गरिएको थियो ।

बेलुका ८:४० मा राफल ड्र सुरु भयो । यसको सञ्चालन तुलमाया तामाङले गरेकी थिइन् । राफल ड्रको पहिलो पुरस्कार आधा तोला सुनको तिलहरी बुद्ध कन्स्ट्रक्सनका पेम्बा वाइबाले गरेका थिए । तेश्रो पुरस्कार सुनको चन्द्रमा साउथ ह्यारोस्थित जय श्रीकृष्ण गरगहना तथा दोस्रो पुरस्कार सुनको सिक्री अल्डरसटस्थित लामा ज्वेलर्सका दीपेश लामाले गरेका थिए ।
त्यसपछि पुन: लाइभ दोहोरीसहित ककटेल डान्स भएको थियो । कलाकारहरू मनमाया वाइबा, लक्ष्मी खड्काका साथै डीजे विशाल र रोशनका साथमा दर्शक झुमेका थिए ।

भेटघाट कार्यक्रमका लागि टिकट शुल्क एडल्टलाई ३० पाउन्ड, सिनियर सिटिजनलाई २० पाउन्ड, विद्यार्थीलाई २५ पाउन्ड र बालबालिकालाई २० पाउन्ड तोकिएको थियो ।





