लन्डन । पैयुँ खोला तमु समाज युकेको वार्षिक भेटघाट तथा ग्रीष्मकालीन बीबीक्यू कार्यक्रम सम्पन्न भएको छ ।
क्रान्फोर्ड कम्युनिटी कलेज हान्स्लोमा शनिबार २० जुलाई २०२४ का दिन अध्यक्ष क्या रि नरबहादुर पर्ज़ु तमु एमभीओ बीईएमको अध्यक्षतामा वार्षिक भेटघाट तथा ग्रीष्मकालीन बीबीक्यू कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष क्या रि नरबहादुर, ज्येष्ठ सदस्य लालमाया लेम तमु, संस्थापक अध्यक्ष क्या रि डेमबहादुर योजा तमुले मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए । नेपाल, बेलायत र गुरुङको राष्ट्रिय गान बजाइएसकेपछि ज्ञातअज्ञात सहिद, संस्थाका दिवंगत अग्रज तथा अनुजका नाममा १ मिनेट मौनधारण गरिएको थियो । महासचिव भुवन पर्ज़ु तमुले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष क्या रि नरबहादुर पर्ज़ु तमु एमभीओ बीईएमले स्वागत मन्तव्य राखेका थिए । प्रथम उपाध्यक्ष चन्द्र गुरुङले स्वास्थ्य तथा सुरक्षाका विषयमा जानकारी गराएका थिए ।
संस्थाले गत वर्षहरुमा जस्तै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा स्वागत गरेको थयो । सम्मानित हुनेहरुमा समाजकी ज्येष्ठ सदस्य लालमाया लेम तमु, नयाँ आजीवन सदस्य भीमबहादुर चहम्रू तमु, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु, नेपालबाट बेलायत भ्रमणमा आएका सदस्य थिए । सम्मानित विद्यार्थीहरुमा स्यारोन भुज्जा तमु (एलएलबी डिग्री, युनिभर्सिटी अफ लन्डन ब्लोम्सबरी) तान्या भुज्जा तमु (एलएलबी डिग्री, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्यान्ड ब्रिस्टोल) छन् ।
यसैगरी अतिथिहरुलाई समेत पैयुँ खोला तमु समाज युकेले सम्मान गरेको थियो । तमु हे तमु समाजका अध्यक्ष ले रि लालबहादुर मैन तमु र उनकी धर्मपत्नी गोमा टू क्ल्हेप्री तमु, तमु धीं युकेका अध्यक्ष हरि टूट लेम तमु र उनका धर्मपत्नी सन्ध्या तमुस्यो, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष एवम् पैयुँ खोला तमु समाज युकेका संस्थापक अध्यक्ष क्या रि डेमबहादुर योजा तमु तथा उनका धर्मपत्नी चन्द्रकुमारी मैन तमुस्यो सम्मानित भएका हुन् । उनीहरुलाई समाजका संरक्षक मे रि ईन्द्रप्रसाद पर्जु तमु एमभीओ, बिई एम र अध्यक्षका श्रीमती निरकुमारी टू क्ल्हेप्रीले फेटा लगाइदिएका थिए ।
औपचारिक कार्यक्रमपछि मनोरञ्जनात्मक कार्यक्रम सुरु भएको थियो । दुर्गा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रम समाजका सदस्यहरुले पैयुँ खोला सेरोफेरो सालैजो प्रस्तुतिबाट सुरुआत गरेका थिए । जसको नेतृत्व सदस्य मिन मैन र उनका धर्मपत्नी सन्जु लेम तमु थिए । नेपालबाट आएकी चर्चित गायिका उषा गुरुङले बेजोड प्रस्तुति दिएकी थिइन् । कार्यक्रमलाई थप आकर्षक बनाउन प्रतिमा गुरुङ, स्वस्तिका खड्का, सपना रानाको नृत्यले भूमिका खेल्यो । त्यस्तै सिक्का ब्यान्डको लाइभ प्रस्तुतिले झनै कार्यक्रम रमाइलो बनेको थियो भने सहभागीहरु खुलस्त ढंगले नाचगान गरेका थियो । कार्यक्रममा द्वितीय उपाध्यक्ष उज्वल गुरुङ र सल्लाहकार हुमबहादुर गुरुङले राफल ड्र खेलाएका थिए । कार्यक्रममा गोर्खा दरबार रेस्टुरेन्टले क्याटरिङको प्रबन्ध गरेको समाजले जनाएको छ ।