लन्डन । सहारा युकेले बेलायतको सांगीतिक भ्रमणमा रहेका गायिका सबिना गुरुङ, नायिका लक्ष्मी गुरुङ लगायतलाई स्वागत, सम्मान गरेको छ ।
सोमबार १५ जुलाई २०२४ मा अल्डरसटस्थित पानस रेस्टुरेन्टमा आयोजित 'स्वागत तथा सम्मान' कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सविना, मोडल तथा डान्सर लक्ष्मी गुरुङलाई सहारा अध्यक्ष कृष्ण गुरुङ र निवर्तमान लेरि कुमाङ गुरुङकी धर्मपत्नी पञ्च गुरुङले खादा, पुष्पगुच्छा र प्रशंसापत्र दिएर सम्मान गरे । त्यसअघि बगर भाइ खलक पोखराका संस्थापक सदस्य तथा सल्लाहकार रामबहादुर गुरुङ, नीलबहादुर गुरुङ तथा सदस्य बाबुराम पौडेललाई खादाद्वार स्वागत, सम्मान गरिएको थियो ।
यसैबीच, १४ जुलाई २०२४ मा सम्पन्न नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैटौं अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि सहारा युके र बगर भाइ खलक युकेले खादा पहिर्याउँदै बधाई तथा सम्मान गरेका थिए ।
संक्षिप्त भनाइ राख्दै नायिका तथा मोडल लक्ष्मीले धेरै माया, साथ, सहयोग र आशीर्वाद पाएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद र यसको निरन्तरताको आश व्यक्त गरिन् ।
गायिका सबिनाले सहारा युकेले स्वागत गरेकोमा धेरै गर्व लागेको भन्दै आयोजकलाई धन्यवाद दिइन् । आफूले गीत गाउन थालेको बीस वर्ष भएको भन्दै सबिनाले सहारा युकेले स्वागत, सम्मान गर्दा कलाकारिता क्षेत्रमा केही गरेछु भन्ने महसुस भएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कृष्ण गुरुङले उपस्थित सबैलाई धन्यवाद दिए । साथै लोकदोहोरी गायिका सविना गुरुङले सहारा युकेको टोली नेपाल जाँदा सालैपिच्छे स्वागत तथा भेटघाट कार्यक्रम राख्ने गरेको स्मरण गर्दै उहाँप्रति धन्यवाद व्यक्त गरे ।
अध्यक्ष गुरुङले आफूहरुप्रति देखाएको मायाका लागि गायिका गुरुङप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्ध अटूट रहोस् भन्ने शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा सहारा युकेका निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ, बगर भाइ खलक युकेका अध्यक्ष दिलरास गुरुङ, तमु धीं युकेका उपाध्यक्ष कलम गुरुङ, एनआरएनए युकेका पूर्वअध्यक्ष सुर्य गुरुङ, सहारा पूर्वएफसी हरिकुमार श्रेष्ठ, सहारा युके सल्लाहकार कृष्ण गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सहारा युके सदस्य तथा बगर भाइ खलकका कोषाध्यक्ष भानु गुरुङ, सचिव अर्जुन गुरुङ, सहारा सदस्य तथा पानस रेस्टुरेन्टका प्रोपाइटर लगायतको उपस्थित थियो ।
कार्यक्रम सहारा युकेका उपाध्यक्ष शारदा गुरुङले सञ्चालन गरेका थिए ।