लन्डन । बन्टओक नेपाली समाज यूकेले नयाँ सामुदायिक हलको उद्घाटन तथा २०औँ वार्षिकोत्सव मनाएको छ । शनिबार १४३ वाटलिङ कम्युनिटी सेन्टरमा भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त विशेष अवसरमा स्थानीय र बार्नेट काउन्सिलका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए । उनीहरूको उपस्थितिले बन्टओक नेपाली समाज र स्थानीय अधिकारीबीचको बलियो सम्बन्ध र परस्पर सम्मानलाई दर्साएको समाजले जनाएको छ ।
कार्यक्रममा मेयर टोनी भुरोउ र मेयोरेस क्यारोलाइन भुरोउ, डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेल र श्रीमती ब्रिजेट रसेल, सांसद डेभिड पिन्टो, काउन्सिलर सारा कन्भे उपस्थित थिए । पूर्वडेपुटी मेयर लछ्या गुरुङले समाधिस्थल तथा काउन्सिलर कमल गुरुङले हल उपलब्ध गराएका थिए ।
औपचारिक रिबन काट्ने समारोह सबै सहभागीका लागि गर्वको क्षण बनेको थियो । पञ्चेबाजा र नेपाली नृत्य प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक चमक थपेको थप्नुका साथै सहभागीलाई मनोरञ्जनसमेत दिलाएको थियो ।
समुदायका अध्यक्ष खमिरजङ गुरुङ र काउन्सिलका गन्यमान्य व्यक्तिहरूले कार्यक्रममा प्रेरणादायी मन्तव्य राखेका थिए । अतिथिहरूले नेपाली भोजनको स्वादिष्ट व्यञ्जनहरूको आनन्द लिएका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग र योगदान गर्ने स्थानीय र बार्नेट काउन्सिलका गन्यमान्य व्यक्ति र बार्नेट कम्युनिटी सपोर्ट ग्रुपलाई समाजले धन्यवाद दिएको छ ।
नयाँ समुदाय भवनले सांस्कृतिक, सामाजिक, र शैक्षिक गतिविधिको केन्द्रको रूपमा सेवा गर्ने र त्यसले आपसी सम्बन्धलाई बलियो बनाउने समाजको विश्वास छ ।