लन्डन । बेलायतवासी नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १५औँ संस्करण आगामी २५ अगस्टमा हुँदैछ । तमु धीं युकेका उपाध्यक्ष एवं १५ औं नेपाली मेलाका संयोजक परशु गुरुङले संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत मेला रेसकोर्सस्थित केम्पटोन पार्कमा बिहान १० देखि बेलुका ८ बजेसम्म मेला हुने जानकारी दिए ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ मूल नाराका साथ हुने मेलामा एम्बेसडर कप, विविध सांस्कृतिक झाँकी तथा सांस्कृतिक कार्यक्रम समेटिनेछन् । मेला सदाझैं नेपाली राजदूतावास लन्डन तथा तमु धीं युकेको सहकार्यमा हुनेछ ।
मेलाका विशेषताहरु
१. रेस्टुरेन्ट स्टलहरु
२. ब्रान्डेड कपडाहरुको स्टलहरु
३. गरगहना तथा शृंगारका स्टलहरु
४. विभिन्न प्रकारका सेवा सुविधा तथा विज्ञापन स्टलहरु
५. भाग्योदय चिट्टा (२ जनालाई)
६. विभिन्न समुदायका रीतिरिवाजमा आधारित झाँकी तथा नाच प्रस्तुत ।
७. प्रस्तुतिमा एम्बासडर तथा एनआरएनए कपको लागि प्रतिस्पर्धा
८. दुवै विधा (झाँकी र नृत्य) मा छुट्टाछुट्टै उत्कृष्ट हुने संस्थाहरुलाई उचित नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने ।
९. दुवै विधाको प्राप्तांक जोडेर उच्चांक प्राप्त गर्ने संस्थालाई यस वर्षको एम्बासडर कप तथा एनआरएनए कप विजेता घोषित गरी नगद पुरस्कार, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने ।
१०. झाँकी र नृत्यमा सन्तोषजनक प्रस्तुति गर्ने क्रमश: ३ र २ संस्थाहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिने ।
११. तमु धीं यूकेको अध्यक्षको अवलोकनमा राम्रो प्रस्तुति गर्ने कुनै एक संस्थालाई “President Choice” नामले घोषणा गरिने उचित नगद पुरस्कार प्रदान गरिने ।
कार्यक्रममा सहभागी भई झाँकीमात्र, नृत्यमात्र वा कुनै पनि विधामा वा दुवैमा सहभागी मात्र वा एम्बासडार कपको लागि स्वेच्छाले प्रतिस्पर्धा गर्न सक्ने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा नगद पुरस्कार तल उल्लेख गरेअनुसार प्रदान गरिनेछ ।
झाँकी विजेता ५००/
झाँकी फस्ट रनरअप ३००/
झाँकी सेकेन्ड रनरअप २००/
3 x Consolation Prizes £200 each community ———————————
नृत्य विजेता ५००/
नृत्य फस्ट रनरअप ३००/
नृत्य सेकेन्ड रनरअप २००/
2 x Consolation Prizes £200 each community ————————————
एम्बासडर कप विजेता ११००/
एनआरएनए कप ३००/
एम्बासडर कप विजेता ११००/
फस्ट रनरअप ७००/
सेकेन्ड रनरअप ५००/
प्रेसिडेन्स च्वाइस ५००/
लन्डन । बेलायतवासी नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १५औँ संस्करण आगामी २५ अगस्टमा हुँदैछ ।