लन्डन । चार भन्ज्याङ युरोप बेल्जियमको अध्यक्षमा प्रेमकाजी गुरुङ चयन भएका छन् । संस्थाकाे गत आइतबार बेल्जियमको अल्ट्रुपमा सम्पन्न भेलाबाट प्रेमकाजीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।
उपाध्यक्षमा यामकुमारी (उमा ) गुरुङ, महासचिव विकास गुरुङ, कोषाध्यक्ष, कर्णवीर गुरुङ, सदस्य चन्द्रकुमारी गुरुङलगायत रहेका छन् ।
चार भन्ज्याङ तमु समाज केन्द्रका अध्यक्ष ह.ले चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा तमु समाज बेल्जियमका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत वेल्फेयर समाज बेल्जियमका अध्यक्ष नन्दकुमारी गुरुङको आयोजनामा कार्यक्रम तय भएको थियो I
चार भन्ज्याङ तमु समाज समन्वय केन्द्रका अध्यक्ष ह.ले चन्द्रबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले समाजले सुरुआतदेखि हालसम्म गरेका गतिविधि एवं उपलब्धि, संस्थाको अवधारण र योजनाबारे प्रस्ट पारे ।
तमु धीं युकेका अध्यक्ष हरि गुरुङले चार भन्ज्याङ तमु समाजको स्थापना र विगतका गतिविधिबारे प्रकाश पारे । चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष वेन गुरुङले चार भन्ज्याङ युकेले गर्ने वर्षभरका कार्यक्रम तथा अन्य संघसंस्थासँग हुने सम्बन्धलाई कायम तथा प्रगाढ गर्दै लैजाने र युवा वर्गलाई प्रोत्साहन गर्ने बताए ।
निवर्तमान अध्यक्ष मदनप्रसाद गुरुङ र पूर्वकोषध्यक्ष जगत गुरुङले चार भन्ज्याङले गरेका राम्रा काम तथा विकास तथा युरोप बेल्जियमको आवश्यकता साथै भविष्यमा समाज अझै बलियो बताए । दोस्रो चरणमा बेल्जियमतर्फका सदस्यको सहमतिमा छैटौँ चार भन्ज्याङ युरोप बेल्जियम तदर्थ समितिको चयन गरिएको हो ।
अध्यक्ष चन्द्रले नवनिर्वाचित अध्यक्ष प्रेमकाजी गुरुङलाई फेटा र समाजको खादाले सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष बेन गुरुङले संस्थाको ब्याज वितरण गरेर बधाई दिएका थिए।
नवनिर्वाचित अध्यक्ष गुरुङले तदर्थ समितिमा गरिदिएकामा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा संस्थालाई तन, मन, कर्म र विचारले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रम बेलुका १९ बजे अन्त्य भएको थियो I अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।