लन्डन । विविध कार्यक्रमसहित नादा तमु समाज युकेको वार्षिक भेटघाट शनिबार सम्पन्न भएको छ ।समाजका अध्यक्ष मोहनजङ गुरुङको अध्यक्षतामा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा कार्यक्रम भएको हो ।
ज्येष्ठ नागरिक ढुल्स्यो गुरुङ, अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष उत्तरबहादुर गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। समाजका सचिव डमरजङ गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी दिँदै कार्यक्रम सञ्चालन गरेका थिए ।
सहसचिव रत्न गुरुङले कविता प्रस्तुत गरेका थिए। संस्थाको आयव्यय विवरण रिटायर्ड लेफ्टिनेन्ट मुक्ति जङले गरेका थिए । स्वागत मन्तव्य पनि अध्यक्ष गुरुङले नै राखेका थिए ।
नेपालबाट आएकी गायिका उषा गुरुङले चर्चित गीत गाएर सबैलाई नचाएकी थिइन् । नादा समाज परिवारले उनको प्रस्तुतिबाट भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रममा डीजे टंक शेरचन रहेका थिए । समाजका समदस्य लोक गुरुङको प्रस्तुतिसमेत रहेको थियो ।
संस्थापक अध्यक्ष उत्तरबहादुर गुरुङले उषाको व्यक्तित्व र गायकीबारे चर्चा गरेका थिए । सो अवसरमा नादा तमु समाज युकेले गायिका मनमाया वाइबालाई पनि सम्मान गरिएको थियो ।
अन्त्यमा अध्यक्ष गुरुङले उपस्थितलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।
नादा समाजमा भाचोक, पुरानो भाचोक, वारचोक, कौरे ढोडेनी, कारे, गोहाते, नादीधार, रबैडाँडा र पाख्रीकोटवासी समेटिएका छन् । यो संस्था सन् २००७ सालमा स्थापना भएको हो ।