लन्डन । बागलुङ्गे समाज युकेको वार्षिक भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । समाजका अध्यक्ष धन बुढाथोकीको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा सञ्चालन गरिएको कार्यक्रम बिहान ११ बजे सुरु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि लन्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक प्रमुख रोशन खनाल तथा गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापा र म्याग्दी समाज युकेका अध्यक्ष कुमार फगामी विशेष अतिथि रहेका थिए ।
कार्यक्रमको सुरुआत महासचिव सेर पुनले र स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष मित्र थापाले राखेका थिए । त्यसपछि अशोक बुढाथोकीको संयोजनमा तयार पारिएको बागलुङको चर्चित तथा मौलिक नचरी नृत्य प्रस्तुत गरिएको थियो ।
अध्यक्ष धन बुढाथोकी, रोशन खनाल र निवर्तमान अध्यक्ष छविमाया पुनले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।
दूतावासका कार्यवाहक प्रमुख खनाल र गुल्मी समाजका अध्यक्ष रुद्र थापाले शुभकामना मन्तव्य राखेका थिए । आमन्त्रित कलाकार, स्थानीय कलाकार र उच्च शिक्षा हासिल गरेका छोराछोरीलाई खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो । गोर्खा मिडियाका सञ्चालक मिलन तमुलाई पनि खादाद्वारा सम्मान गरिएको थियो ।
उपस्थित चेलीबेटीलाई मायाको चिनो सल ओढाएर सम्मान गरिएको थियो । आमन्त्रित कलाकार दिलु सलामी मगरले कार्य समितिका पदाधिकारीलाई मायाको चिनो भादगाउँले टोपी लगाइदिएर सम्मान गरेकी थिइन् । त्यसपछि समाजका अध्यक्षले धन्यवादसहितको मन्तव्य राखेलगत्तै प्रमुख आकर्षणको रूपमा रहेको सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सुरु भयो ।
कलाकार दिलु साे अवसरमा चेलीबेटीहरूलाई सल ओढाएर सम्मान गरिएको थियो।
मगर र स्थानीय कलाकार सन्तोष पुनले एकल प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालन बीएफबीएस गोर्खा रेडियोका आशा पुन र अशोक बुढाथोकीले गरेका थिए ।
बेलुका सात बजेपछि खाना सुरु भएको थियो । सोही क्रममा उपाध्यक्ष खड्ग थापाले राफल ड्र सञ्चालन गरे । त्यसपछि भीम थापाको संयोजनमा नेपाली मौलिक नौमती बजा बजाएर मनोरञ्जन प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा बालगुङका चर्चित मौलिक भाका झ्याउरे सुरु भयो । जसले माहौल नै बागलुङ पुगेजस्तो बनाएको थियो । कार्यक्रम रातको ११ बजेसम्म चलेको थियो ।