Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • सहारा युकेको १२ औं च्यारिटी डिनर सम्पन्न
सहारा युकेको १२ औं च्यारिटी डिनर सम्पन्न कमल गुरुङ र मिनप्रसाद गुरुङलाई अवार्ड, दिलीप गुरुङलाई सम्मान  
पूर्ण गुरुङ
पूर्ण गुरुङ आइतबार, मंसिर ४, २०७९

लन्डन । नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल सहारा युकेको १२ औं वार्षिक च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ । गत शनिबार १९ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । 

बेलायतमा रहेका नेपाली युवाहरुलाई फुटबलप्रति आकर्षण गर्न तथा अभिभाकत्व भूमिका निर्वाह गर्ने, परोपकारी कार्य गर्नेलगायतका उद्देश्यका साथ सन् २००८ सालमा स्थापना भएको सहारा युकेले प्रत्येक वर्ष च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्दै आएको छ । सोहीअनुरुप १२ औं च्यारिटी डिनर नाइटको आयोजना गरिएको हो ।  

बेलायतका लागि नेपाली राजदूत एवं प्रमुख अतिथि ज्ञानचन्द्र आचार्य र सहारा युकेका अध्यक्ष लेप्टन रिटायर्ड कुसाङ्ग गुरुङले संयुक्तरुपमा दिप प्रज्ज्वन गरी उद्घाटन गरिएको उक्त कार्यक्रमको शुरुवातमा बेलायतमा रहेका नेपाली युवालाई स्थानीय क्लबहरुसँग समन्वयगरी फुटबल प्रशिक्षण, सहारा एकेडेमीका बालबालिकाहरुलाई आवश्यक आर्थिक सहयोग, सन् २०१५ आएको महाभूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण, नौलो घुम्ती पोखरालाई गरेको आर्थिक सहयोग, कोभिड–१९ को महामारीको क्रममा गरिएको मानवीय सहायता, हालै पाकिस्तानमा आएको बाढीपीडितहरुलाई गरिएको आर्थिक सहयोगलगायत स्थापनाकालदेखि हालसम्म गरिएको विभिन्न च्यारिटीमूलक कार्य सँगसँगै फुटबलको क्षेत्रमा गरिएको विभिन्न अभियानहरु समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।  

Sanvi jeeler
Maoustail service

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सहारा यूकेले बेलायतका रहेका नेपाली युवाहरुलाई जोड्न सेतुको भूमिका खेलेको, फुटबल विकासका लागि गरेका विभिन्न प्रयास, फुटबलप्रति चाहना भएका विपन्न वर्गलाई गर्दै आएको आर्थिक सहयोगलगायतको महत्वपूर्ण कार्यको प्रशंसा गरे । साथै, उनले सहारा युकेले नेपालबाट टाढा रहेर पनि मातृभूमि नेपाल र नेपालीको लागि गरेको विभिन्न च्यारिटीमूलकका लागि धन्यवाद दिँदै कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिए ।  

बेलायतमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा सहारा युकेका अध्यक्ष ले.रि. कुसाङ्ग गुरुङले सहारा युकेले हालसम्म फुटबल विकासका लागि गर्दै आएको विभिन्न प्रशिक्षण, सहारा एकेडेमीलगायत विभिन्न विपत्तिमा गरिएको आर्थिक सहयोग लगायतको चर्चा गर्दै सहारा युकेलाई सहयोग गर्ने सबै दानबीरहरुलाई धन्यवाद दिए । साथै, उनले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका कार्यक्रमका संयोजक एवं निवर्तमान अध्यक्ष कुमार गुरुङलगायत कार्यसमिति, कार्यक्रमलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी, व्यापारी, व्यवसायीहरुलाई हृदयदेखिनै धन्यवाद दिए । त्यस्तै, उनले प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यलगायत उपस्थित सबै अतिथिहरुमा उपस्थितिका लागि धन्यवाद ज्ञापन गरे । 

कार्यक्रममा सहारा युकेका सल्लाहकार कमल गुरुङले सहारा युकेको च्यारिटी सहयोग रकम संकलन गर्नेदेखि विभिन्न अभियानमा दिएको योगदानलाई कदर गर्दै सहारा युके अवार्डबाट सम्मान गरियो । त्यस्तै, सहारा युकेका सल्लाहकार मिनप्रसाद गुरुङले विभिन्न संस्थामा रहेर महत्वपूर्ण कार्य गरी कार्य गरी सहारा युकेको गरिमालाई अझ उच्च बनाउन खेलेको विशेष भूमिकालाई उच्च सम्मान गर्दै सहारा स्पेसल अवार्डबाट सम्मान गरियो ।  

त्यस्तै, सहारा युकेका पूर्वअध्यक्ष दिलीप गुरुङले विभिन्न क्षेत्रमा गरेको  उत्कृष्ट समाजसेवालाई कदर गर्दै बेलायतकी स्वर्गीय महारानीबाट एमबिइ पदक प्राप्त गरेकोमा उनलाई सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली तारा प्रथम दीपक लिम्बु, गुरुङ चलचित्र निर्देशक एवं कोरियोग्राफर जसु गुरुङ, सयपत्री कल्चरल ग्रुपका कलाकारहरुलाई गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत, सहारा युकेका खेलाडीहरुलाई बधाई, कलाकार एवं कार्यक्रमका स्पोन्सरहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।  

सहारा युकेका अध्यक्ष ले.रि. कुसाङ्ग गुरुङको अध्यक्षता, निवर्तमान अध्यक्ष कुमार गुरुङको संयोजन, महासचिव मनोज गुरुङको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य दिएका थिए भने ध्रुव गौतमले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए । 

कार्यक्रमलाई सफल बनाउन कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवं सदस्यहरुले पाहुनाहरु स्वागत तथा सम्मान, प्रोजेक्टर, खानपानलगायतमा विशेष भूमिका खेलेका थिए । त्यस्तै, सपन इन्टरटेन्टमेनका निर्देशक सपन राईले साउण्ड सिस्टममा विशेष भूमिका खेलेका थिए ।

स्थानीय व्यापारीहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा शान्त गुरुङ, कृष्ण कुमारी गुरुङ, राम कुमारी गुरुङ, जितेस तथा विनिता गुरुङ र लिला गुरुङले शुरुको पिय पदार्थको प्रायोजन गरेका थिए । त्यस्तै, राफल ड्रको पुरस्कारतर्फ अनुग्रह ज्वेलर्सले प्रथम, सविता तथा रोजी गुरुङले दोस्रो र सुनिरा तथा शनिशा गुरुङले तेश्रो पुरस्कारको प्रायोजन गरेका थिए ।


प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्