लन्डन । क्वोंने (घोताने/घोन्डे) गुरुङ समाज युकेले पर्वतारोही नानुमाया गुरुङलाई ३ लाख ९१ हजार रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
क्वोंने घोताने घोन्डे गुरुङ तमु समाज कास्कीले नानुमायाको स्वागत तथा सम्मानका लागि बुधबार तमु धीं नेपालको प्रांगणमा एक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज युकेका अध्यक्ष क्याप्टेन पीताम्बर गुरुङ, प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङ, विशेष अतिथि तथा चेलीबेटी प्रमुख मैना गुरुङलगायतले नानुमाया गुरुङलाई ३ लाख ९१ हजार ८७२ रुपैयाँ हस्तान्तरण गरेका हुन् । सहयोग रकम क्वोंने घोताने/घोन्डे गुरुङ तमु समाज युकेका भाइखलक तथा चेलीबेटीबाट संकलन गरिएको क्या. पिताम्बारले बताए ।
यस्तै क्वोंने घोताने घोन्डे गुरुङ तमु समाज कास्कीका चेलीबेटीबाट २५ हजार रुपैयाँ सहयोग गरिएको थियो । नानुमायाले सगरमाथा, मनासलु र ल्होत्से हिमालको सफल आरोहण गरिसकेकी छन् । उनी अब पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहणको तयारीमा छिन् ।
स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ तमु समाज कास्कीका अध्यक्ष दुर्गाबहादुर गुरुङ, चेलीबेटी प्रमुख मैना गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ तमु समाज युकेका अध्यक्ष क्याप्टेन पीताम्बर गुरुङलगायतले नानुमायालाई बधाई तथा शुभकामना दिएका थिए ।
क्वोंने घोताने घोण्डे गुरुङ (तमु) समाज कास्कीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षता क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज युकेका अध्यक्ष क्याप्टेन पीताम्बर गुरुङले गरेका थिए । कार्यक्रम प्रायोजन क्वोंने घोताने घोण्डे गुरुङ (तमु) समाज युकेले गरेको थियो ।
कार्यक्रमका संयोजक क्वोने घोताने घोण्डे गुरुङ (तमु) समाज कास्कीका सल्लाहकार मेजर लाछीमीप्रसाद गुरुङले गरेका थिए । कार्यक्रम सञ्चालक कास्की घोताने समाजका सचिवले गरेका थिए । नानुमायाको स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, आफन्तजन, शुभचिन्तकलगायतको उपस्थिति थियो ।