लन्डन । ‘म्युजिक फर युनिटी’ भन्ने नारासहित मगर संघ युकेको आयोजनामा बेलायतको हुने ‘१६औँ नेपाली ओपन कन्सर्ट’ नजिकिँदै छ । यही जुन १५ तारिखमा केन्टको मेडिस्टोनस्थित केन्ट इभेन्ट गार्डनको शो ग्राउन्डमा हुने कन्सर्टमा ख्यातिप्राप्त गायक राजु लामासहित बेलायतस्थित सिक्का ब्यान्ड, मगर गट ट्यालेन्ट युके विजेता रुविया थापा मगर र लोकदोहोरी कलाकारसमेतको प्रस्तुति रहने आयोजक मगर संघ युकेकी अध्यक्ष सीता पुर्जा पुनमगरले जानकारी दिइन् ।
कन्सर्टमा सहभागी हुन अध्यक्ष पुनमगरसहित बेलायतस्थित सबै नेपाली संघ संस्थाका अगुवाहरुले आह्वान गरेका छन् । 'नेपाली ओपन कन्सर्ट १५ जुनमा मेडिस्टोन केन्ट इभेन्ट सेन्टरमा हुँदैछ । आयोजक मगर संघ युके भए पनि सम्पूर्ण नेपालीहरुका लागि म्युजिक फर युनिटी भन्ने नाराका साथ नेपालीहरुकै लागि गरिएको एउटा म्युजिकल एउटा इभेन्ट हो,' अध्यक्ष पुनमगरले भनिन्, 'मंगोलिन हर्टका गायक राजु लामा, कलाकारहरु नेसन पुनमगर, मुना थापामगर, ललिता पुनमगर, प्रेम विवश घर्ती, यज्ञ बिकजस्ता चर्चित कलाकारहरुले प्रस्तुति राख्नु हुनेछ ।' यो कन्सर्टमात्रै नभइन नेपालीहरुको दु:ख बिसाउने ठाउँ, नेपाली भोजन लिएर दु:ख, सुख बाँड्ने ठाउँ भएकोले नेपाली स्टलहरु धेरे राखिने जनाउँदै अध्यक्ष पुनमगरले त्यहाँ नेपाली पोसाक, भाँडाकुँडा किन्न पाइने, च्यारिटी संघ संस्था पनि आबद्ध हुने भएकोले त्यसको सुविधा लिन आग्रह गरिन् । १५ जुन बिहान ११ बजे नै गेट ओपन हुने अध्यक्ष पुनमगरको भनाइ छ । तर, कार्यक्रम भने साढे ३ देखि ४ बजेभित्र सुरु हुने र राति साढे ९ देखि १० बजेसम्म म्युजिकमार्फत मनोरन्जन दिने प्रयास गर्ने भएको आइदिन अध्यक्ष पुनमगर आग्रह गरिन् ।
यस्तै मगर संघ युकेका सचिव गोमान पुनले १५ जुनमा हुन गइरहेको ऐतिहासिक नेपाली ओपन कन्सर्टमा उपस्थित हुन अनुरोध गरेका छन् ।
मिडिया सेक्रेटरी किशोर रानाले ओपन कन्सर्टमा स्वागत गर्न चाहेको भन्दै यस वर्षको कार्यक्रम पनि भव्य र सभ्य हुने आशा व्यक्त गरे ।
देवाचन बुद्धिस्ट सेन्टरको संस्थापक संरक्षक एवं अध्यक्ष साथै प्रमुख लामा धर्म लामा गुरुङले १५ जुनमा प्रख्यात कलाकारहरुले भव्य प्रस्तुति दिने उल्लेख गर्दै सम्पूर्ण नेपाली नेपालीकै उथ्यानका लागि सहभागी भएर सहयोग गरिदिन आग्रह गरेका छन् ।
मगर संघ युके युथका उपाध्यक्ष दिपक माइथाने मगरले कन्सर्टमा उपस्थितका लागि आग्रह गर्दै यहाँहरुको उपस्थितिले कार्यक्रम सभ्य र भव्य हुने पूर्ण आशा लिएको बताए ।
नेप्लिज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष सुनिता गौतम थापा, क्षेत्री समाज युकेकी अध्यक्ष श्रद्धा थापा, नेप्लिज इन युकेका वीरेन्द्र नेपाल, हेल्प नेपाल युकेका अध्यक्ष सचिन श्रेष्ठ, पासा पुछ: गुठी युकेका निवर्तमान अध्यक्ष ओजेश सिंहलगायतले कन्सर्टमा सहभागी हुने आग्रह गरेका छन् ।
संघका अनुसार कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीलगायत ४० बढी स्टल रहनेछन्। चार हजार बढी दर्शको उपस्थिति रहने अपेक्षा गरिएको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि तथा बेलायतवासी नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि विशेष अतिथि रहनेछन् ।