लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखामा दुई नयाँ सदस्य थपिएका छन् ।
शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नवीकरणतर्फ ३७, नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी ४० जनाको नाम सिफारिस गरेको हो । नयाँ सदस्यताका लागि प्रकाश गुरुङ र अमित थेबेको नाम सिफारिस गरिएको छ ।
सदस्यताका लागि परेका ७० आवेदनमध्ये विधानअनुसार मापदण्ड पुगेका सदस्यको स्वीकृतिका केन्द्रमा सिफारिस गर्ने निर्णय भएको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । महासंघ कार्य समितिको पूर्ण बैठक बिहीबार प्रत्यक्ष र भर्चुअल माध्यमबाट बसेको थियो ।
यसैबीच बैठकले शाखाको छैटौँ अधिवेशन आगामी १४ जुलाईमा अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशन स्थल टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमीला लावुङ राईलाई दिइएको छ ।
नयाँ कार्य समितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगी मगरलाई संयोजक तोकेको छ । संयोजक खपांगीले कार्य समितिसँगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्य चयन गर्ने छन् ।
नवीकरणतर्फ नवीन पोखरेल, देवराज आचार्य चिरन, दिनेशकुमार परियार, नरेश खपांगीमगर, मिलन शर्मा, नारायण पौडेल गाउँले, श्यामकुमार लुइँटेल, पूर्णबहादुर गुरुङ, नरेश काङमाङ राई, भगीरथ योगी, ध्रुवराज अर्याल, शिव भण्डारी, विमला सेने, एभरेस्ट गौतम, फडिन्द्र भट्टराई, प्रजय शुक्ल, वाचस्पति रेग्मी, नरेन्द्र बस्नेत रहेका छन् ।
यसैगरी, प्रमीला लाबुङ राई, डा. शिव तिवारी, जमुना पुन, गोमा राना, सर्बिन्द्र कुमार (एसके) गुरुङ, नगेन्द्रराज नेम्वाङ, सुरेन्द्र इङ्नाम, दूतबहादुर पुन, कुशल श्रेष्ठ, विश्वासदीप तिगेला, मिलन तमु गुरुङ, सञ्जयभक्त कँडेल, मञ्जु भण्डारी खरेल, डा. जगन्नाथ कार्की, बमबहादुर थापा, जयराम तामाङ, खेमराज रानाभाट, विपिन निरौला र किरण राईको नाम नवीकरणका लागि सिफारिस गरेको छ ।
बैठकले स्थानान्तरणका लागि निवेदन दिएका देवी गौतमको नाम पनि स्वीकृत गर्दै सिफारिस गरेको छ ।