लन्डन । ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) लन्डन ज्येष्ठ नागरिक लिएर समर भ्रमणका लागि ईस्टबोर्नमा पुगेको छ ।
यही २२ मे २०२४ मा करिब २ सय जना सदस्यसहित वृद्ध आमाबाबाहरुलाई ईस्टबोर्नमा समर भ्रमणमा लगिएको जिगेसा अध्यक्ष हरिकुमार मल्लले जानकारी दिए । भ्रमणका क्रममा नयाँ ठाउँको अवलोकन, खानपान र मनोरन्जनात्मक कार्यक्रमहरु राखिएका छन् ।
अध्यक्ष हरिकुमारले एकअर्काबीच सुख, दु:ख साटसाटका लागि आग्रहसमेत गरेका छन् । 'हामी बहुजाति, बहुभाषा, नेपालको पूर्वदेखि पश्चिमसम्मका भूपूहरुको एकमात्र समाजिक संगठनहरु सुख, दुःखका सहभागिता एक दुसरा मित्रता भावनाहरु जोर्दै सांस्कृतिक धार्मिक मनोरञ्जन गर्दै आइरहेको संगठन हो,' अध्यक्ष मल्लले भने, 'सम्पूर्ण भूपू परिवार मित्रहरुमा अनुरोध गर्न चाहन्छु कि आउनुहोस् एक दुसरामा सुख, दुःख आपसमा बाँड्ने अवसरमा सहभागी बनौं ।'
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम-२०८० मनाइएको छ ।
जिगेसाले मातृभूमि नेपाल र कर्मभूमि बेलायतमा नि:शुल्क स्वास्थ्य शिविर, पृथ्वी जयन्ती, दसैं पर्व, तिहारको देउसी भैलो, दुख बिमार परेकालाई सहयोग, राहतलगायत कार्यक्रम गर्ने गरेको छ ।
![436519973_753772333631271_8966926576975267772_n-1716437144.jpg](https://gurkhamedia.com/uploads/posts/436519973_753772333631271_8966926576975267772_n-1716437144.jpg)
![436335919_984045299762774_1393450783916720311_n-1716437148.jpg](https://gurkhamedia.com/uploads/posts/436335919_984045299762774_1393450783916720311_n-1716437148.jpg)
![442472894_1157248445463649_8346906502538083116_n-1716437142.jpg](https://gurkhamedia.com/uploads/posts/442472894_1157248445463649_8346906502538083116_n-1716437142.jpg)
![436685062_955481306213882_7067441398618232956_n-1716437139.jpg](https://gurkhamedia.com/uploads/posts/436685062_955481306213882_7067441398618232956_n-1716437139.jpg)