लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह युकेको पाँचौँ साधारणसभाबाट दीपक शाही अध्यक्षमा चयन भएका छन् । १२ मेमा वोकिङस्थित मेवरी सेन्टरमा भएको सभाले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. दीपक जिसी, महासचिव गौरव क्षेत्री, सहसचिव विवेक बोहरा, कोषाध्यक्ष, अबिसा गुरुङ, सहकोषाध्यक्ष गीता केसी रहेका छन् । यस्तै, सदस्यमा दिनेश अर्याल, राजु खरेल, राजेन्द्र त्रिपाठी, प्रभात गुरुङ र हिरा थापामगर चयन भएका छन् l
त्यसअघि डम्बर सिंहको अध्यक्षतामा भएको बन्दसत्रमा महासचिव गौरव क्षेत्रीले संस्थाको प्रगति विवरण र डा. दीपक जिसीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन सर्वसहमतले पारित भएको थियो ।
कार्यक्रममा राजेन्द्र क्षेत्री र अभिभावकका तर्फबाट आजीवन सदस्य राम खरेलले नृत्य र भाषा कक्षामार्फत आफ्नो भाषा, कला संस्कृतिलाई सयपत्रीले नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताए । साथै सयपत्री कानूनसम्मत चल्ने पूर्ण आर्थिक पारदर्शिता भएको संस्था रहेको उनको भनाइ थियो ।
अधिवेशनको निर्वाचन समितिमा राजेन्द्र क्षेत्री संयोजक तथा लेख गुरुङ र प्रकाश खनाल सदस्य थिए। समूको स्थापना सन् २००६ मा भएको हो ।