लन्डन । मर्दिखोला समाज युकेको वार्षिक भेटघाट शनिबार ११ मे २०२४ मा अल्डरसटको कर्नट लेजर सेन्टरमा भव्य रुपमा सम्पन्न भएको छ ।
मर्दिखोला समाज युकेका अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षता र एनआरएनए यूकेका पूर्वअध्यक्ष, मर्दिखोला समाज युकेका सल्लाहकार सूर्य गुरुङको प्रमुख आतिथ्यतामा वार्षिक भेटघाट सम्पन्न भएको हो ।
कार्यक्रम प्रमुख अतिथि सूर्य, समाजका अध्यक्ष चन्द्रसिंह र आमा समूह अध्यक्ष पवित्रा गुरुङले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा समाजका लागि राम्रा काम गरेका र गत वर्ष तमु धीं युकेबाट 'आदर्श तमु अवार्ड' पाएका लन्डन इकाईका पूर्वअध्यक्ष चन्द्र गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई फेटा, खादा लगायतर समाजको तर्फबाट सम्मान गरिएको थियो ।
त्यस्तै समाजलाई योगदान दिने मेयर नीना गुरुङ दम्पती, एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा व्यवसायी सूर्य गुरुङ, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज युके कार्यवाहक अध्यक्ष राम गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङ, सेनामा पदस्थापना र बढुवा भएका, विवाह बन्धनमा बाँधिएका, सन्तान प्राप्ति, नेपालबाट आएका व्यक्तिहरुलाई सम्मान गर्दै अध्यक्ष चन्द्रसिंह गुरुङले मायाको चिनो प्रदान गरेका थिए ।
यस्तै सो अवसरमा बीसीसी युकेका अधयक्ष हर्क गुरुङ र समाजसेवी कविता गुरुङलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख अतिथि सूर्य, क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज युके चेलीबेटी प्रमुख लिना गुरुङ, मिडवे मेयर नीना गुरुङले मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा स्वागत मन्तव्य आमा समूह अध्यक्ष पवित्रा गुरुङले राखेकी थिइन् । उपाध्यक्ष सुन्दर गुरुङले सञ्चालन गरेको कार्यक्रमको प्रारम्भमा हेल्थ एन्ड सेफ्टीबारे डा दिनेश गुरुङले दिएका थिए ।
सांगीतिक कार्यक्रम सञ्चालन कुमार गुरुङले गरेका थिए । त्यसक्रममा बेलायत भ्रमणमा आएकी गायिका उषा गुरुङले बेजोड प्रस्तुतिसहित दर्शकलाई भरपूर मनोरन्जन दिलाएकी थिइन् । कार्यक्रममा राफल ड्रसमेत खेलाइएको थियो । कार्यक्रममा सहभागीलाई गोर्खा किचनले खाना/नास्ताको प्रबन्ध गरेको थियो ।
अन्त्यमा अध्यक्ष चन्द्रसिंह गुरुङले कार्यक्रम भव्य रुपमा सफल पार्नका लागि उपस्थित प्रमुख अतिथि, अतिथि, दर्शक, कलाकार र तयारीमा आहोरात्र खटिने समाजका पदाधिकारी तथा सदस्यहरुसहित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।