पोखरा । तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति पर्वतको सक्रियतामा महाशिला-४ लाम्तुनमा निर्मित क्ल्हे क्होइबोलाई पैयुँखोला तमु समाज, युकेको समन्वयमा युकेमा संकलित १९ लाख ७८ हजार ९ सय ६१ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
यही वैशाख १५ गते पर्वतको लाम्तुन ग्रामीण पर्यटन होमस्टेको सभाहलमा आयोजित एक कार्यक्रमबीच नेपाल भ्रमणका क्रममा पैयुँखोला तमु समाज युकेका अध्यक्ष (रि.) क्या. नरबहादुर पर्जु तमुले तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतका अध्यक्ष देवबहादुर टुक्ल्हेप्री तमुलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम बेलायतमा अवस्थित विभिन्न संघ, संस्था, व्यक्ति विशेषबाट संकलन गरिएको थियो ।
संस्थागत रुपमा पैयुँखोला तमु समाज, युकेले ५१ हजार ५४५ रुपैयाँ सहयोग गरेको छ भने तमु हे तमु समाज, युकेले २ लाख २५ हजार, चारभन्ज्याङ तमु समाज, युकेले १ लाख १ हजार, तमु धीं युकेले १ लाख र टुक्ल्हेप्री दाजुभाइ युकेले ५० हजार रुपैयाँ सहयोग गरेको पैयुँखोला तमु समाज युकेका अध्यक्ष क्या. नरबहादुरले जनाए ।
यसैगरी व्यक्तिगत रुपमा युके बस्ने चन्द्रबहादुर पर्जु तमु/श्रीमती नन्दा तमु (छापा, स्याङ्जा) ले १ लाख ६२ हजार ५७५, क्या. नरबहादुर पर्जु तमु/नीरकुमारी तमु (बालाकोट, पर्वत) ले १ लाख ५० हजार ९८५, ले. दिलप्रसाद तमु/बास्ना तमु (नुवाखर्क, पर्वत) ले १ लाख ५० हजार, क्या.डेमबहादुर योज तमु (भोक्सिङ देउराली, पर्वत) ले १ लाख ९ हजार ४५७, डब्लुओवान खुमबहादुर योज तमु/सुकमाया तमु (भोक्सिङ देउराली, पर्वत) ले १ लाख १ हजार १०, पूर्णबहादुर क्रोम्छें तमु/टुकमाया तमु (सित्ले बालाकोट, पर्वत) ले १ लाख ५७१, झक पर्जु तमु (सित्ले बालाकोट, पर्वत) ले १ लाख ४०९, मेजर इन्द्रप्रसाद पर्जु तमु/उजेली तमु (भोक्सिङ सर्बुडाँडा, पर्वत) ले १ लाख सहयोग गरेका छन् ।
सोही कार्यक्रमबीच नुवाखर्क, पर्वत पुरानो ठेगाना भइ हाल युके बस्ने रामकाजी त्होर्जे तमु/शकुन्तला भुज्जा तमुले १ लाख ३ हजार २१० सहयोग गरेका छन् भने बालाकोट, पर्वत हाल काठमाडौं बस्ने यमप्रसाद पर्जु तमु (राजु) ले १५ हजार सहयोग गरेका छन् ।
यसैगरी युके बस्ने उज्ज्वल टुक्ल्हेप्री तमु (अर्गाउँदी, पर्वत) ले ५१ हजार १४०, उमा तमु (ढाँडखर्क, पर्वत) ले ५० हजार ५, टुक पर्जु तमु (सर्बुडाँडा, पर्वत) ले ५० हजार, खड्कबहादुर तमु/सुमित्रा च्हम्रु तमु (लौके, पर्वत) ले ३३ हजार ४००, खेमबहादुर तमु/पद्मा तमु (रापाकोट, स्याङ्जा) ले २५ हजार ३५० र नरबहादुर टुक्ल्हेप्री तमु (बाच्छा, पर्वत) ले २० हजार २८० रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी युकेदेखि १५ हजारमाथि सहयोग गर्ने व्यक्तिहरु तेजमान योज तमु, निरज च्हम्रु तमु, मीनबहादुर पर्जु तमु, सर्वजित तमु, ले.कर्णप्रसाद योज तमु, धनबहादुर च्हम्रु तमु, विक्रम च्हम्रु तमु, नेत्रबहादुर टुक्ल्हेप्री तमु, मनकुमार च्हम्रु तमु, मेजर सम्राज च्हम्रु तमु, थगु ल्हेंगे तमु, चन्द्रबहादुर योज तमु, संजिव तमु, होमबहादुर पर्जु तमु, इन्द्रबहादुर पर्जु तमु र दलसुर तमु छन् ।
परम्परादेखि चलिआएको तमु प्ये ताँ ल्हु ताँ को संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतको महाशिला-४ लाम्तुनमा निर्मित क्ल्हे क्होइबोलाई २०८१ वैशाख १५ गतेसम्म स्थानीय सरकारदेखि गाउँ, मधेस, पोखरा, काठमाडौं र विदेशबाट गरी जम्मा ९४ लाख ७९ हजार ७ सय ५३ रुपैयाँ सहयोग प्राप्त भएको तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति पर्वतले जनाएको छ ।
क्होइबो बनाउनेदेखि क्होइबोसँग सम्बन्धित संरचनाहरु जस्तै घुमाउने घर, ट्रस्ट सामुदायिक भवन आदिको खर्च विवरण आउन बाँकी रहेको र हालसम्मको जम्मा ६१ लाख ९ हजार ६० रुपैयाँ खर्च भएको जानकारी तमु प्ये ल्हु संघ, पर्वतका अध्यक्ष एवम् क्होइबो निर्माण संयोजक देवबहादुर टुक्ल्हेप्री तमुले जानकारी गराए ।
यसरी युकेदेखि आएको सहयोग रकम हस्तान्तरण कार्यक्रमलाई तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतका अध्यक्ष देवबहादुर टुक्ल्हेप्री तमुको अध्यक्षता, पैयुँखोला तमु समाज, युकेका अध्यक्ष (रि.) क्या. नरबहादुर गुरुङ (MVO, BEM) को प्रमुख आतिथ्यता, लाम्तुन ग्रामीण पर्यटन होमस्टेका अध्यक्ष धनमाया तमुको स्वागत र सचिव डम्बरबहादुर तमुले कार्यक्रमको औपचारिक सञ्चालन गरेका थिए ।