लन्डन । ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बीजीएनए) युकेका अध्यक्ष सन्तबहादुर गुरुङको कार्यकाल १ वर्ष थपिएको छ ।
लन्डन पोस्ट अफिस स्पोर्टस् क्लब सडबरी हिजल लन्डनमा अप्रिल २० तारिखमा आयोजित नव वर्ष, नयाँ कार्यसमिति चयन र वार्षिक साधारणसभाबाट सन्तबहादुर नेतृत्वको कार्यसमितिलाई थप एक वर्ष निरन्तरता दिने निर्णय गरिएको हो ।
बीजीएनएको अध्यक्षमा सन्तबहादुर, उपाध्यक्षहरु कन्याप्रसाद गुरुङ, हुमकुमारी गुरुङ, महासचिव धनकाजी गुरुङ, सहसचिव सुबा घले, कोषाध्यक्ष बासुदेव बस्यालर सहकोषाक्ष गुड्डु गुरुङ छन् ।
साधारणसभामा अध्यक्ष गुरुङबाट गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक भएको थियो र अब आउने वर्षको केही कार्ययोजनाबारेमा बोलेका थिए ।
सोही दिन गत वर्ष झैं कार्यक्रम नव वर्ष २०८१ साल बीजीएनएले धुमधामको साथ मनायो । अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ब्रेन्ट अफ बोरो सडबरीका काउन्सिलर पाउल लोर्बर थिए । कार्यक्रम सञ्चालन महासचिव धनकाजी गुरुङले गरेका थिए भने उपाध्यक्ष हुमकुमारी गुरुङले फायर सेफ्टी र स्वागत मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रममा नेपालबाट आमन्त्रित गायक रुपक डोटेलले सबैलाई मीठा मीठा गीत गाउँदै नचाएर मनोरञ्जन दिलाएका थिए । राफल ड्र (भाग्योदय चिट्ठा) पनि रहेको । उक्त कार्यक्रममा गुड्डु गुरुङ र दुर्गा गुरुङले कार्यक्रम चलाएका थिए । अध्यक्ष र प्रमुख अतिथिबाट पार्टीमा उपस्थित सबैलाई नव वर्ष २०८१ को मंगलमय शुभकामना व्यक्त गरेका थिए ।
पार्टीमा संस्थाका ट्रष्टीहरु, सल्लाहकारहरु तथा वयोवृद्ध सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । पार्टी साँझको १० बजे सकिएको आयोजक बीजीएनएले जनाएको छ ।