लन्डन । ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बीजीएनए)ले नेपाली नयाँ वर्ष धुमधामले मनाएको छ ।
गत वर्ष झैं यस वर्षको कार्यक्रम लन्डन पोस्ट अफिस स्पोर्टस् क्लब सडबरी हिजल लन्डनमा अप्रिल २० तारिखमा नव वर्ष २०८१ साल बीजीएनएले धुमधामको साथ मनाएको हो । अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ब्रेन्ट अफ बोरो सडबरीका काउन्सिलर पाउल लोर्बर थिए ।
कार्यक्रम सञ्चालन महासचिव धनकाजी गुरुङले गरेका थिए भने उपाध्यक्ष हुमकुमारी गुरुङले फायर सेफ्टी र स्वागत मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रममा नेपालबाट आमन्त्रित गायक रुपक डोटेलले सबैलाई मीठा मीठा गीत गाउँदै नचाएर मनोरञ्जन दिलाएका थिए ।
राफल ड्र (भाग्योदय चिट्ठा) पनि रहेको । उक्त कार्यक्रममा गुड्डु गुरुङ र दुर्गा गुरुङले कार्यक्रम चलाएका थिए ।
यस पटकको नव वर्ष नयाँ कार्यसमितिको चयन र वार्षिक साधारणसभा साथै नव वर्ष २०८१ मनाउने हिसाबले तय गरिएको थियो । सोही अनुसार पुरानो कार्यसमिति यथावत् रहेको छ । अध्यक्ष सन्तबहादुर गुरुङको कार्यसमितिले अर्को एक वर्षको लागि निरन्तरता अगुवाइ गर्ने भएका छन् । अध्यक्षबाट गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए र अब आउने बर्षको केही कार्ययोजनाको बारेमा बोलेका थिए ।
अध्यक्ष र प्रमुख अतिथिबाट पार्टीमा उपस्थित सबैलाई नव वर्ष २०८१ को मंगलमय शुभकामना व्यक्त गरेका थिए ।
पार्टीमा संस्थाका ट्रष्टीहरु, सल्लाहकारहरु तथा वयोवृद्ध सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । पार्टी साँझको १० बजे सकिएको आयोजक बीजीएनएले जनाएको छ ।