लन्डन । मगर संघ युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा शनिबार मगर संघ युकेको वार्षिक साधारणसभामा सम्पन्न भएको हो । सभामा महासचिव गुमान सिङ थापाले मगर संघ युकेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मोहन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरु ब्यापक छलफल गर्दै सर्वसम्मतबाट पारित गरिएको छ । महासचिव थापाले वर्षभरि मगर संघ युकेको तर्फबाट बेलायतमा स्थापित विभिन्न संघ-संस्थाहरुमा अध्यक्षलगायत कार्यसमितिहरुले सहभागिता जनाएको सूची समेत प्रस्तुत गरेका थिए ।
सभामा नेपाली ओपन कन्सर्ट २०२४ का संयोजक तथा मगर संघ युकेका उपाध्यक्ष होम रोकाले नेपाली ओपन कन्सर्टको पूर्व तयारीबारे जानकारी दिए भने सांस्कृतिक सचिव सरु रानाले नेपाली ओपन कन्सर्टमा मंगोलियन हार्टलाई निमन्त्रणा दिएको जानकारी दिइन् ।
यस्तै सभामा मगर संघ युकेका रेडिङ शाखाका अध्यक्ष सोब रेगामी, केन्ट शाखाका अध्यक्ष क्याप्टेन नानीबाबु मगर, युएचएसबी शाखाका सचिव गणेश बुराथोकी, वेम्बली शाखाका अध्यक्ष गंज आले, प्लमस्टिड शाखाका सचिव यम थापा, युथ समितिका अध्यक्ष अनिल थापा र युथ कोषाध्यक्ष करिष्मा थापाले आ-आफ्नो शाखाका प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका ट्रष्टी तथा विधान समितिका संयोजक क्याप्टेन राम पुनले मगर संघ युकेले प्रयोग गर्दै आएको लोगो (खुर्पेटो) मगर संघ युकेको विधानमा राख्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । त्यस्तै मगर मास्टर डिग्री तथा पीएचडी ट्रष्ट फन्डको नेपाल टिममा नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघ सम्पर्क समिति र सल्लाहकार समितिमा राख्ने प्रस्ताव पनि सर्वसम्मतबाट पारित भएको मगर संघ युकेले जनाएको छ ।
मगर संघ युकेका पूर्वअध्यक्ष दुत पुनले नेपालमा रहेको मगर मास्टर डिग्री तथा पीएचडी अक्षयकोषको बारेमा विस्तृत जानकारी थिए भने उनले छात्रवृतिको लागि हालसम्म ३० जना विद्यार्थीहरुको आवेदन परेको जनाए ।
मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको कार्यक्रममा महासचिव गुमान सिङ थापाले संचालन गरेका थिए ।
एभरेस्ट टाइम्सको सहयोगमा