लन्डन । माया पिरतीको कथामा आधारित गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) बेलायतको रेडिङ सहर यही अप्रिल १४ तारिखमा प्रदर्शन हुँदैछ ।
रेडिङ तमु समाज युकेको आयोजनामा आइतबार १४ अप्रिल २०२४ को दिन साउथ रेडिङ कम्युनिटी हलमा उक्त चलचित्र प्रदर्शन हुने लागेको हो । चलचित्र प्रदर्शनको समय दिउँसो साढे १ बजेलाई तोकिएको छ ।
चलचित्रको साधारण टिकटको मूल्य १० पाउन्डमा राखिएको चलचित्रका मुख्य निर्माता लेफ्टिनेन्ट (रिटायर्ड) कर्ण गुरुङले जानकारी दिएका छन् । चलचित्र ङ्हेल्स्यो (सैना) पाईला फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । उक्त फिल्मस् बेलायतवासी लेफ्टेनेण्ट (रिटायर्ड) कर्णप्रसाद गुरुङ र पानकुमारी (प्रेरणा) गुरुङले निर्माण गरेका हुन् भने अन्य निर्माताहरु देवकुमारी गुरुङ, कुमारी गुरुङ र टोलप्रसाद गुरुङ रहेका छन् ।
लेफ्टिनेन्ट (रिटायर्ड) कर्ण गुरुङको परिकल्पनामा तयार पारिएको पटकथालाई लोकप्रिय निर्देशक उमान सिङ (माओत्से) गुरुङले तयार पारेका हुन् । निर्देशन माओत्से गुरुङकै रहेको छ भने सहनिर्देशकको भूमिकामा अर्जुन गुरुङ रहेका छन् ।
चलचित्रमा नायक बिश्वात्मा गुरुङ, नायिकाहरु स्नेह गुरुङ र बन्धना घर्तिमगरको दमदार अभिनय छ । अन्य कलाकारहरुमा सुसन गुरुङ, थमान गुरुङ, देवकुमारी गुरुङ, मिलन क्रोम्छे तमु, इन्द्रमाया गुरुङ, किरण गुरुङ, कुमारी गुरुङ, टोलप्रसाद गुरुङ र गल गुरुङ छन् ।
बेलायतका विभिन्न सहरमा प्रदर्शनरत रहेको चलचित्र सैना । प्रदर्शनबाट उठेको रकम परोपकारी कार्यहरुमा खर्च गरिने ले. गुरुङले बताए ।