लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आमा प्रमुखमा जगना गुरुङ निर्विरोध निर्वाचित भएकी छन् ।
गत शनिबार २४ फेब्रुअरीका दिन सम्पन्न बीसीसी युकेको साधारणसभाबाट उनी निर्वाचित भएकी हुन् । यसअघि बीसीसी युकेको आमा समूहको उपाध्यक्षको जिम्मेवारीमा रहेकी गुरुङले आगामी २ वर्ष नेतृत्व गर्नेछिन् । आमा समूहको उपाध्यक्षमा शारदा गुरुङ, सचिवमा तुल्सी घले, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा सुन्दरी तामाङ, सहकोषाध्यक्ष चन्द्र गुरुङ, प्रोपर्टी मेम्बरमा उषा गुरुङ र सह प्रोपर्टीमा टुक गुरुङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा दुर्गालक्ष्मी गुरुङ, प्रेमकुमारी गुरुङ, डोल्मा शेर्पा, पेदेन डोमा लामा, सविता गुरुङ, दिलु गुरुङ, पूर्ण गुरुङ, आशा तामाङ, पुनम कोने गुरुङ, मिना गुरुङ, पवित्र गुरुङ, जगतमाया गुरुङ, मन्जु (सीता) गुरुङ, बिष्णु गुरुङ, ध्रुव गुरुङ, लिना गुरुङ, मनदेवी गुरुङ, कमला गुरुङ, धनु गुरुङ, मोनिका गुरुङ, मन्जु गुरुङ, रिता गुरुङ, शखी गुरुङ, राधा गुरुङ, विष्णुमाया गुरुङ, रेखा गुरुङ, सम्झना गुरुङ, निलम गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ चयन भएका छन् ।
बीसीसी युकेका पूर्वअध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिईएमको संयोजकत्वमा प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, आमा सल्लाहकार लालकुमारी गुरुङ सदस्य रहेको निर्वाचन समितिले आमा समिति चयन गरेको हो । नवनिर्वाचित आमा प्रमुख जगना गुरुङले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा सबैको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यस्तै, आमा प्रमुख उर्मिला गुरुङले आफ्नो ३ वर्षे कार्यकालमा गरेका विभिन्न कार्यहरु छोटकारीमा जानकारी गराउँदै आफ्नो कार्यसमितिलाई दिएको साथ, सहयोग, सुझाव, सल्लाहका लागि धन्यवाद दिए ।
बीसीसी युके आमा समूहको यसअघि ज्ञानुमाया गुरुङ र पुष्पा गुरुङले नेतृत्व लिइसकेकी छन् ।