लन्डन । नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन, नेपाली जनप्रगतिशील मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बू निर्वाचित भएकी छन् ।
अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आइतबार २५ फेब्रुअरी २०२४ मा सम्पन्न भएको पाँचौ अधिवेशनबाट लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्ष - फुलप्रसाद कँडेल, उपाध्यक्षहरु अरुन थापा, कपिल श्रेष्ठ, हरि पौडेल, महासचिव कृष्ण खनाल, सचिव कपिल राई, हरि अर्याल, कोषाध्यक्ष माया केसी र सहकोषाध्यक्ष बिर बलाल चयन भएका छन् ।
सदस्यहरुमा भिम राई, कृति भट्टराई, बिना लिम्बू, गङ्गा गुरुङ, जित गिरि, दिपक गुरुङ, खड्गप्रसाद लिम्बू, रचना राई, रुद्रलाल गैरे, कर्ण रावत, विष्णुमाया राई, मनिका राई र ललित परियार चयन भए ।
मञ्चका अध्यक्ष मानबहादुर गुरुङको सभापतित्व साथै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको थियो । साथै मन्चको सल्लाहकार एवं किरात राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयी राईले सम्मेलनको बन्द सत्रमा निर्वाचन मन्डलको अध्यक्ष कार्यसमिति निर्वाचित भएको घोषणा गरे ।