लन्डन । मगर संघ युकेले शनिबार विभिन्न कार्यक्रम गरेर ४२औँ मगर दिवस मनाएको छ ।
नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यता र संघका अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा कार्यक्रम भएको हो । बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
![429308248_1442465456303479_574318527379298880_n-1708880795.jpg](https://gurkhamedia.com/uploads/posts/429308248_1442465456303479_574318527379298880_n-1708880795.jpg)
सो अवसरमा मगर संघको संस्थापक स्वर्गीय हेममबहादुर पुन मगर, शहीद लखन थापा मगर र स्वर्गीय गोरेबहादुर खपांगीको फोटोमा फूलमाला अर्पण गरिएको थियो। संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनमगर, विश्व मगर महासंघका महासचिव वीरमान घर्ती मगरले पनि फूलमाला अर्पण गरे ।
उद्घाटनका क्रममा दुवै देशको राष्ट्रिय गीत र मगरहरूको राष्ट्रिय गीतसमेत बजाइएको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष रुद्र थापा तथा सचिव गोमानसिंह पुनले मगर दिवसबारे प्रस्तुति दिएका थिए।
![1-1708952939.jpg](https://gurkhamedia.com/uploads/posts/1-1708952939.jpg)
यस्तै, युवा सदस्यले स्वर्गीय हेमबहादुर पुन मगर, शहीद लखन थापा मगर, स्वर्गीय गोरेबहादुर खपांगी र बोमकुमारी बुढा मगरबारे साथै मगरहरूको भाषा, संस्कृति र परम्पराबारे पनि उल्लेख गरेका थिए। मगर संघका १२ वटै शाखाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।
![rasik-lumbu-(1)-1708878744.jpg](https://gurkhamedia.com/uploads/posts/rasik-lumbu-(1)-1708878744.jpg)
त्यसपछि मगर महिला एसोसिएसन युके, खामभाषी समाज युके, मगर बुद्धिस्ट सोसाइटी युके र मगर धनुषवाण युकेले आ-आफ्नो झाँकी प्रस्तुत गरे । १६ वटा झाँकीसँगै सोरठी, कौरा, घाटु, हुर्रा, मारुनी, सालैजु, झ्याउरेलगायत पुर्ख्यौली नाचसमेत प्रस्तुत गरिएको थियो ।
![2-1708952986.jpg](https://gurkhamedia.com/uploads/posts/2-1708952986.jpg)
संघका कल्चरल सेक्रेटरी सरु रानाको टोली तथा मैफ्रुङ युथ टिमले मगरको भाषा, पहिरन र संस्कृतिबारे फेसन सो गरेको पनि गरिएको थियो । कार्यक्रममा बीबीसीको सय प्रेरणादायी महिलामा पर्न सफल सपना रोका मगरलाई खादा, फेटा र प्रमाणपत्र तथा गायिका मुना थापा मगर, पर्वतारोही कृष्ण थापा, लाहुरेनीको कथा परियोजनाकी संस्थापक सुजना थापा, मेजर भीम श्रीस, गायक दीपक थापा र फोटोग्राफर चित्रप्रसाद पुनलाई खादा र प्रमाणपत्रले सम्मान गरिएको संघले जनाएको छ ।
![429081643_1466866864267470_9016963143395194127_n-1708880912.jpg](https://gurkhamedia.com/uploads/posts/429081643_1466866864267470_9016963143395194127_n-1708880912.jpg)
यस्तै, मगर संघ युकेले हरेक वर्ष प्रदान गर्ने ईसीएम अफ द इयर पुरुषतर्फ संघका हाउजिङ कोषाध्यक्ष थाम रोका तथा महिलातर्फ थेन्याङ सरु राना घोषित भए । बर्षभर संस्थाका लागि उल्लेख्य योगदान गर्ने सदस्यलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ। सो अवसरमा संघका आजीवन सदस्यलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
![3-1708953050.jpg](https://gurkhamedia.com/uploads/posts/3-1708953050.jpg)
संस्थापक अध्यक्ष थर्क राना, विशेष अतिथि बेल्जियम मगर संघका लोक राना, मगर महासंघका महासचिव वीरमान घर्ती मगर, जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पा एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, सपना रोका मगर, प्रमुख अतिथि रोशन खनालले शुभकामना मन्तव्य र संघका अध्यक्ष सीता पुनले समापन मन्तव्य राखेका थिए ।
![429315848_1120265779151223_2950751006878162922_n-1708880968.jpg](https://gurkhamedia.com/uploads/posts/429315848_1120265779151223_2950751006878162922_n-1708880968.jpg)
१३ जना गोर्खा भीसीहरूको जानकारी समेटेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको कार्यक्रममा मगर महिला संघ बेलायतले राफल ड्र गराएको थियो । त्यसपछि लोकदोहोरीसहित सांस्कृतिक कार्यक्रम भएको थियो ।तत्पश्चात् गायिका मुना थापामगरले सबैलाई नचाएकी थिइन् ।
इम्पायर हल अल्डरसटमा भएको कार्यक्रम सञ्चालन संघका महासचिव गुमानसिंह थापा तथा झाँकी सञ्चालन सचिव गोमान पुनले गरेका थिए ।
![429003346_746008794153812_4309058603454951164_n-1708881023.jpg](https://gurkhamedia.com/uploads/posts/429003346_746008794153812_4309058603454951164_n-1708881023.jpg)
![4-1708953129.jpg](https://gurkhamedia.com/uploads/posts/4-1708953129.jpg)
![8-1708953159.jpg](https://gurkhamedia.com/uploads/posts/8-1708953159.jpg)
![7-1708953208.jpg](https://gurkhamedia.com/uploads/posts/7-1708953208.jpg)
![6-1708953234.jpg](https://gurkhamedia.com/uploads/posts/6-1708953234.jpg)
![5-1708953262.jpg](https://gurkhamedia.com/uploads/posts/5-1708953262.jpg)