लन्डन । समाजसेवी चन्द्रदेवी गुरुङको अर्घु तथा ४९ औं दिनको पुण्य तिथिको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवी चन्द्रदेवीको निधन भएको ४९ औं दिनको पुण्य तिथिमा १९ फेब्रुअरी २०२४ मा डाईमण्ड बुद्धिस्ट सेन्टर युकेमा तमु संस्कारअनुसार अर्घु तथा ४९ दिनको पुण्य तिथिको दीप प्रज्वालन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा चन्द्रदेवीका पति क्या रि नारायनबहादुर गुरुङ एमभीओ, परिवार, आफन्त, शुभचिन्तक, साउथ ईस्ट रिजनल तमु धीं लन्डन, डाईमण्ड बुद्धिस्ट सेन्टर युके, तमु धीं युकेका पूर्वअध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, सोपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, आमा समूह उपाध्यक्ष कवि माया गुरुङ, तमु फोरम युकेका डाइरेक्टर क्या राजु लेम तमु, तमु समाज युकेका पदाधिकारी एवं कार्यसमितिका सदस्य, बुद्धिस्ट गुम्बा रेडिङ युके, क्वोंने (घोण्डे/घोताने) गुरुङ (तमु) समाज युके, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/0818184931.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/0818483171.jpg)
चन्द्रदेवीको अर्घु खेन्पो श्यामबहादुर गुरुङको नेतृत्वमा बुद्धिस्ट धर्मगुरुहरुले संचालन गरेका थिए । कार्यक्रम संयोजन साउथ ईस्ट रिजनल तमु धीं लन्डनका पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङले गरेका थिए । सहसंयोजकको भूमिका फेदीखोला समाजका हरि गुरुङ र साउथ ईस्ट रिजनल तमु धीं लन्डनका पूर्वअध्यक्ष हिराप्रसाद गुरुङले खेलेका थिए ।
आस्यों पूर्णप्रसाद गुरुङ र ज्वाइँको भूमिका क्यारि बालकृष्ण गुरुङले निभाएका थिए । उक्त कार्यक्रममा हेल्थ एन्ड सेफ्टी र सञ्चालन पूर्वअध्यक्ष श्रीचन्द्रले गरेका थिए ।
जलपान तथा भोजनको व्यवस्थापन साउथ ईस्ट रिजनल तमु धीं लन्डनका आमा समूहका प्रमुख विन्दु गुरुङको संयोजकत्वमा भएको थियो भने तारा गुरुङ र कमला गुरुङ तथा साउथ ईस्ट रिजनल तमु धीं लन्डन परिवारले सहयोग गरेका थिए ।
कार्यक्रमको फोटो तथा भिडियोग्राफी गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुले गरेका थिए ।
कार्यक्रमको अन्तमा पंगीलामा आर्थर मुखिया बाबुराम गुरुङले धन्यवाद दिएका थिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस फेदीमा जन्मिएकी चन्द्रदेवीको गत जनवरी १ मा बेलायतको प्लमस्टिडस्थित आफ्नै निवासमा निधन भएको थियो । चन्द्रदेवी तमु धीं युके, तमु समाज युके, बुद्धिस्ट कम्युनिटी सेन्टर युके, डाईमण्ड बुद्धिस्ट सेन्टर युके, तमु धीं युके लन्डन इकाई, साउथ ईस्ट रिजनल तमु धीं लन्डनलगायत विभिन्न संघसंस्थामा क्रियाशील थिइन् । उनी साउथ इस्ट रिजनल तमु धीं यूकेका पूर्वअध्यक्ष क्या.रि. नारायनबहादुर गुरुङ एमभीओकी पत्नी थिइन् ।
![1-1708503594.jpg](https://gurkhamedia.com/uploads/posts/1-1708503594.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/083416425429022921_405626771849140_2210663093463973034_n.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/0835112282.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/0835326552.jpg)
![2-1708504545.jpg](https://gurkhamedia.com/uploads/posts/2-1708504545.jpg)
![428462814_776579457839613_7823521972537304405_n-1708503598.jpg](https://gurkhamedia.com/uploads/posts/428462814_776579457839613_7823521972537304405_n-1708503598.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/0837031713.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/083402168429022921_405626771849140_2210663093463973034_n.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/074108357428456863_776579494506276_3599526457510933392_n.jpg)
![3-1708504643.jpg](https://gurkhamedia.com/uploads/posts/3-1708504643.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/074137549428456863_776579494506276_3599526457510933392_n.jpg)
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-21/0742401751.jpg)
![4-1708504815.jpg](https://gurkhamedia.com/uploads/posts/4-1708504815.jpg)
![5-1708504970.jpg](https://gurkhamedia.com/uploads/posts/5-1708504970.jpg)
तस्बिर : मिलन तमु/गोर्खा मिडिया