लन्डन । तमु समाज युकेको आयोजनामा सामुदायिक भवन परियोजना सहयोगार्थ ‘च्यारिटी डिनर नाइट’ हुने भएको छ।
लन्डनमा रहेको ओकिङ्टन मनोर बैंक्वेटिङ हल, ओकिङ्टन मनोर ड्राइभ वेम्बलीमा आगामी मार्च २३ मा च्यारिटी डिनर नाइट आयोजना हुने भएको हो।
युकेमा स्थापित संघ संस्थाका विशिष्ट व्यक्ति, व्यवसायीसहित लब्ध प्रतिष्ठित व्यक्तित्व, तमु समाज युकेका आजीवन सदस्य र शुभचिन्तकलाई कार्यक्रममा उपस्थितीका लागि अनुरोध गरिएको तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए।
कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक नृत्यसँगै राफल ड्रको लागि आकर्षक पुरस्कार राखिएको छ। सो अवसरमा तमु समाज युके सामुदायिक भवन परियोजनाका लागि दान दिइसकेका दातालाई सम्मानसमेत गर्ने योजना छ।
एक टेबलमा १० जनाले डिनर गर्न सकिने अध्यक्ष गुरुङले बताए। टिकटदर जनही ५० पाउन्ड तोकिएको छ। डिनर नाइट कार्यक्रममा उपस्थित भई सहयोग गर्न तमु समाज युकेले अनुरोध गरेको छ।
यस्तै, कार्यक्रमका लागि धरम बल गुरुङ, खेमबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, शिवकुमार गुरुङ, चित्रबहादुर गुरुङ र उमादेवी गुरुङलाई सम्पर्क व्यक्ति तोकिएको छ।