लन्डन । बुद्ध फाउन्डेसन यूकेले आउँदो जुनमा बुद्धजयन्ती कार्यक्रम गर्ने निर्णय गरेको छ । प्लमस्टिडस्थित गोर्खा क्लबमा आइतबार सम्पन्न फाउण्डेसनको कार्यसमिति तथा सल्लाहकारको संयुक्त बैठकले आगामी जुनमा कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रमको मिति र स्थान तोक्ने जिम्मा अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ र उपाध्यक्ष प्रसुना कँडेल तथा सल्लाहकार जीत रानाभाट र शिवजी श्रेष्ठलाई दिइएको छ ।
बैठकले कार्यक्रम संयोजनको जिम्मा फाउन्डेसनकी उपाध्यक्ष कँडेल, सहसंयोजकमा ह्यारी गुरुङ र सुर्जे गुरुङलाई दिने निर्णय गरेको अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । कार्यक्रम गर्न आवश्यक कोष संकलनको संयोजन गर्ने जिम्मा फाउन्डेसनका पूर्वकोषाध्यक्ष राजन खकुराललाई दिइएको छ । कोष संकलन उपसमितिमा अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ तथा सल्लाहकार शिवजी श्रेष्ठ र किशोर राना पनि सदस्य छन्।
त्यसैगरी, कार्यक्रम प्रचारप्रसारको संयोजन सल्लाहकारद्वय आरके त्रिपाठी र फडिन्द्र भट्टराईले गर्ने भएका छन् । कार्यक्रमका लागि स्वयमसेवक संयोजनको जिम्मा भने ह्यारीलाई दिइएको छ ।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष प्रसुना कँडेलले सञ्चालन गरेको बैठकमा सल्लाहकार एवम् ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट, सल्लाहकारहरु विनोद ज्ञवाली र ध्रुवराज अर्याल, वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ, धनराज मल्ल, राम थापालगायतको सहभागिता थियो । त्यस्तै, भर्चुअल माध्यमबाट शिवजी श्रेष्ठ, फडिन्द्र भट्टराई, आरके त्रिपाठी, अर्जुन कटुवाल, किशोर राना, काजी शेर्पा, निरज श्रेष्ठ, निरञ्जन खड्का, दीपक माइथाने मगरसहितका पदाधिकारी एवम् सल्लाहकारहरु पनि सहभागी थिए ।