लन्डन । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा प्रवीण खराल निर्वाचित भएका छन् ।
वेष्ट ब्रोमिचमा सोमबार भएको समाजको पाँचौं अधिवेशनले खरालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । आगामी दुई वर्षको कार्यकालका लागि चयन गरिएको कार्यसमितिको अध्यक्षमा खरालले यसअघि समाजको महासचिव र सांस्कृतिक संयोजकको रुपमा एक/एक कार्यकाल भूमिका निर्वाह गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र बाबुराम सापकोटा, महासचिवमा पदम शाही, सहसचिवमा बिनोद थापा, कोषाध्यक्षमा प्रमोद शर्मा (पारस सापकोटा) र सहकोषाध्यक्षमा चिन्तामणि खरेल चुनिएका छन् ।
त्यस्तै, सदस्यहरूमा डिएन खराल, पृथ्वीनारायण अर्याल, निशान्तमान बज्राचार्य, लेखनाथ घिमिरे, चुनकला पाण्डे (माया), सुशिला दवाडी, शिवलाल पौडेल, काशिराम बन, प्रल्हाद कंडेल र तेजबहादुर भण्डारी छन् । २१ सदस्यीय कार्यसमितिमा रिक्त चार सदस्य पछि मनोनित गरिने जनाइएको छ।
निर्वाचन समितिका प्रमुख साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्णप्रसाद शर्माले नवनियुक्त पदाधिकारी एवम् सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । शर्माको संयोजकत्वमा रहेको निर्वाचन समितिमा मिलन सापकोटा र विवेश न्यौपाने सदस्य थिए।
निवर्तमान समितिका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव महेन्द्र काफ्ले र कोषाध्यक्ष दिनेश कंडेलबाट प्रस्तुत सामाजिक तथा वार्षिक प्रतिवेदनहरुनाथि छलफल गरी पारित गरिएको थियो । त्यस अवसरमा संस्थापक अध्यक्ष काशीनाथ शर्मा, पूर्व अध्यक्षहरु कोशलेश्वर ढकाल र लिलबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।