लन्डन । गुल्मी जिल्ला समाज यूकेको सातौं अधिवेशन आगामी मे ५ तारिखमा हुने भएको छ । फार्नबरोमा आइतबार बसेको समाजको कार्यसमिति एवम् सल्लाहकारको बैठकले मे ५ तारिख आइतबार अल्डरसटमा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले आगामी तीन वर्ष संस्थालाई नेतृत्व गर्ने सातौं कार्यसमिति निर्वाचित गर्नेछ ।
समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा भएको बैठकले नयाँ कार्यसमिति निर्वाचनका लागि सल्लाहकारत्रय बालजंग अर्याल, राजेन्द्र श्रेष्ठ र फत्त थापा सदस्य रहेको निर्वाचन समिति बनाएको छ ।
बैठकमा गत महिना सम्पन्न आपांगता दिवस च्यारिटी कार्यक्रमको समीक्षा गरिएको थियो । कार्यक्रमबाट संकलित रकमबाट आशा अपांग केन्द्रलाई २ लाख, रुरुस्थित अटिजम स्कुललाई २ लाख र बाँकी २ लाख २० हजार रुपैयाँ गुल्मीमै अपांगताकै क्षेत्रमा सहयोग गरिने भएको छ ।
सोही अवसरमा बेलायत भ्रमणमा आएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवम् गुल्मी शाखाका पूर्व अध्यक्ष अनुप श्रेष्ठलाई समाजका तर्फबाट बेलायतमा स्वागत गरिएको थियो । महासचिव रुद्र थापाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष वरुण भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
सो अवसरमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, निवर्तमान अध्यक्ष टोप पल्ली,सल्लाहकार एवम् एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहामगर, सल्लाहकारहरु क्या. ताम ढेगा, गोकर्ण बस्नेत, राजेन्द्र श्रेष्ठ, चक्रबहादुर रानालगायत सहभागी थिए ।
त्यस्तै, उपाध्यक्ष मञ्जु भण्डारी र वरुण भण्डारी, सचिव महलाल घिमिरे, कोषाध्यक्ष मुकुन्द खराल, प्रवक्ता राधा खरेल, सहकोषाध्यक्ष तेज राना, सदस्यहरु गुण थापा, डम्बर श्रीषसहितका कार्यसमितिका पदाधिकारीको पनि बैठकमा सहभागिता थियो ।