लन्डन । तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ तमु समाज युकेबाट सम्मानित भएका छन् ।
तमु समाज युकेले ६ जनवरी २०२४ मा लन्डनको ह्यारो लेजर सेन्टरमा आयोजित गुरुङहरुको महान् पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) को अवसरमा अध्यक्ष गुरुङ 'तमु समाज युके विशिष्ट समाज सेवा सम्मान २०२४' बाट सम्मानित भएका हुन् । अध्यक्ष गुरुङलाई तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, कार्यक्रमकी प्रमुख अतिथि ब्रेन्ट काउन्सिलका मेयर काउन्सलर वरलेन ह्याल्टेनले फेटा, प्रमाणपत्र र खादासहित सम्मान गरे ।
को हुन् हरि गुरुङ
बाबा: स्व. सुबेदार भिम बहादुर गुरुङ
आमा: श्रीमती लक्ष्मी गुरुङ
जन्मः वि. सं. २०२१
स्था नः ठाना मौला फलेवास नगरपालिका ८ पर्वत
हालः मेड्स्टोन , केन्ट यूके
शिक्षा:
-एस.एल. सीः परोपकार मा. वि. काठमाडौं,
-बि. कम: पृ. ना. क्याम्पस पोखरा
-डिप्लोमा होटेल म्यानेजमेन्ट
-डिप्लोमा सेक्युरिटी सिस्टम्स
-सिटी एन्ड गिल्ड्स मेकानिकल इन्जिनियरिङ एड्भान्स
बेलायती सेना १९८८ देखी २००५ इ. सं.
हालः प्रशिक्षक मेकानिकल इन्जीनीयरिंग (रोयल स्कूल अफ मिलिटरी इन्जिनियरिङ)
तमुधीं यूकेमा सेवा : साधरण सदस्य, सचिव, महासचिव, सल्लाहकार र दुई कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्षसम्मको यात्रातमुधीं यूकेमा सेवा : साधरण सदस्य, सचिव, महासचिव, सल्लाहकार र दुई कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्ष
पूर्वअध्यक्ष तथा सल्लाहकार मेड्स्टोन नेपाली समाज
सहनिर्देशक : तमू फोरम यूके अर्थात् तमू संस्कृति मञ्च यूके
सल्लाहकार : गैर आवासीय नेपाली संघ यूके
सल्लाहकार : सहारा यूके
सल्लाहकार : पर्वत वेलफेयर सोसाइटी यूके
सल्लाहकार : चारभन्ज्याङ अन्तर्राष्ट्रिय समन्वय समिति
सल्लाहकार : गुरुङ सोसाइटी केन्ट
ट्रष्टी : तमुधिं नेपाल
ट्रष्टी : बीसीसी केन्ट
ट्रष्टी : बुद्दिष्ट गुम्बा रेडिङ
ट्रष्टी : डाइमण्ड बुद्दिष्ट सेन्टर
फूर्सदको सदुपयोग (रुची) : समाज सेवा, इतिहास अध्ययन र भ्रमण
श्रीमती : सन्ध्या गुरुङ
परिवार : एक छोरा र एक छोरी
यस्तै कार्यक्रममा टंकराम गुरुङ र रामचन्द्र गुरुङलाई ‘तमु समाज युके लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२४’ द्वारा सम्मान गरिएको थियो । साथै, सामाजिक कार्यमा उत्कृष्ट योगदान दिएकोमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, ईशा गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्चका कुमार गुरुङ, तमु समाजका हरिमान गुरुङ, जुमबहादुर गुरुङ, लेखनाथ घिमिरे र गोपाल गुरुङलाई पनि सम्मान गरिएको थियो ।