लन्डन । तमु धीं लन्डन इकाइको १६ औं वार्षिकोत्सव तथा ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विष्णु गुरुङको अध्यक्षता एवं तमु धीं युकेका अध्यक्ष हरि गुरुङको प्रमुख आतिथ्यमा ७ जनवरीमा उक्त कार्यक्रम भएको हो ।
प्रमुख अतिथि तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, संस्थाका अध्यक्ष विष्णु गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङ, धर्मगुरु खेन्पो लेग्सी डोंडूप र आमा समूह अध्यक्ष कमला गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य ले.रि. चन्द्रबहादुर गुरुङ, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हित काजी गुरुङ, लन्डन बरो अफ बर्नेटका काउन्सिलर लक्ष्यबहादुर गुरुङ, हन्स्लो बरोका काउन्सिलर विष्णुबहादुर गुरुङ, एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगर, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवं ट्रष्टिज, नन्दजंग गुरुङ, ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, धर्मगुरु खेन्पो लेग्सी डोंडुप लगायतको उपस्थिति थियो ।
साथै, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, बोर्नटोक नेपाली समाज यूके अध्यक्ष खमिरजंग गुरुङ, लमजुङ समाज यूके अध्यक्ष दलबहादुर गुरुङ, स्याङ्जा समाज यूके, कोल्मा बाहकोट समाज यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ, सोंपाल समाज यूकेका अध्यक्ष प्रसाद गुरुङ, धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ, नाता गोता परिवार मञ्च यूके, सर्टडुक प्रतिनिधि उपाध्यक्ष बिन्दु गुरुङ, रुम्जाटार सोसाइटी यूकेका पञ्चराम गुरुङ, भूम्दीकोट समाज यूके अध्यक्ष राम गुरुङ, लण्डन इकाइका ट्रष्टिजहरु, एनआरएए युके पूर्व उपाध्यक्ष क्या. बालकृष्ण गुरुङ, तमु धीं यूके १२ औं कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, आमा प्रमुख सन्ध्या लगायत विभिन्न संघसंस्थाका अध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार ममता गुरुङ, सरुन गुरुङ, निर्जला गुरुङ र सविन गुरुङ तथा स्थानीय कलाकार हेलिसा गुरुङ, बिनु गुरुङ, ब्रिसा गुरुङ, गुड्डु गुरुङ, दुर्गा गुरुङ, सृष्टि गुरुङ, सुरक्षा गुरुङ र मनु गुरुङ लगायतले प्रस्तुतिले सहभागीलाई भरपूर मनोरञ्जन दिएको थियो ।
समारोहमा तमु धीं यूके अध्यक्ष हरि गुरुङ, ट्रष्टी दीपक गुरुङ, संस्था अध्यक्ष दीपक गुरुङ, आमा समूहका अध्यक्ष कमला गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम संयोजक उपाध्यक्ष बेनकुमार गुरुङ, सहसंयोजक उपाध्यक्ष ईश्वर गुरुङ थिए । कार्यक्रम प्रस्तोतामा हेलिसा गुरुङ र मीना गुरुङ थिए ।
यस वर्षको पर्सनालिटी अवार्डबाट पूर्व वरिष्ठ उपाध्यक्ष ललितमान गुरुङ सम्मानित भएको महासचिव रक गुरुङले बताए ।
पाहुना स्वागतमा आमा अध्यक्ष देवकला गुरुङ नेतृत्वको टोली खटिएको थियो । राफल पुरस्कार बिक्री वितरणमा आमा समूह कोषाध्यक्ष गुड्डु गुरुङ र सहकोषाध्यक्ष दुर्गा गुरुङ लगायतको टिम सक्रियरुपमा लागेको थियो ।
इकाइ अध्यक्ष विष्णु गुरुङले बिधानसँगै संस्थाको कार्यभार नवनिर्वाचित अध्यक्ष भरत गुरुङलाई प्रदान गरे । साथै आमा समूह निवर्तमान अध्यक्ष कमला गुरुङले नयाँ अध्यक्ष देवकला गुरुङलाई बिधानसहित कार्यभार सुम्पिए ।
अध्यक्ष विष्णु गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । समापन अवसरमा नयाँ अध्यक्ष भरत गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरे ।