लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपालका भूकम्पपीडितलाई करिब १० लाख रुपैयाँ सहयोग गरेको छ ।
एनआरएनए यूकेले आफ्नो कार्यसमिति र अन्य चन्दादाताबाट संकलित ५ हजार ७०३ पाउन्ड, ४७ पेन्स एनआरएनए पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोबल एनआरएन फाउण्डेशनमार्फत ५ जनवरी २०२४ बिहीबार पीडितलाई दिइएको अध्यक्ष प्रेम गाहामगरले जनाए । गत ३ नोभेम्बर २०२३ राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र पश्चिम रुकुमलगायत क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि एनआरएनए यूकेले तत्काल भूकम्प पीडितहरुका लागि व्यक्तिगत तथा संस्थागत रुपमा चन्दा आह्वान गरेको थियो ।
सहयोग गर्ने बेलायतवासी संघसंस्था तथा नेपालीलाई अध्यक्ष गाहामगरले आभार व्यक्त गरेका छन् । उनले प्राकृतिक विपत्तिको मार खेपिरहेका कर्णालीवासीलाई गाँस, बास र कपासको जोहो गराउन चन्दादाताबाट प्राप्त सहयोग महत्वपूर्ण र प्रशंसायोग्य रहेको पनि बताए ।
चन्दादाताहरु निम्न छन् :
चन्द्र बहादुर राई, अध्यक्ष किरात राई यायोक्खा बेलायत तथा ध्रुवसरि राई अध्यक्ष किरात राई यायोक्खा ग्रेटर रसमोर ब्रान्च, बेलायत- पाउन्ड १२७५.००
गो फण्डबाट- पाउन्ड ४८०.४७
नरेश गुरुङ, अध्यक्ष नेपाली मुलवासी, युनाइटेड यूके- पाउन्ड ५५५.००
एनआरएनए आइसीसी सदस्य शारदा गुरुङ र परिवार - पाउन्ड ४०७.००
कुमार फगामी, अध्यक्ष मोना यूके- पाउन्ड ३००.००
वीर बलाल, अध्यक्ष गुल्मी जिल्ला समाज यूके- पाउन्ड १५०.००
कार्यसमितिबाट- पाउन्ड १०५८.००
योगेन क्षेत्री, एनआरएनए यूके पूर्व अध्यक्ष- पाउन्ड ३००.००
डा. राघव धिताल (ओबीइ), एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउन्ड २००.००
वीर बहादुर थापा, एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउन्ड ५०.००
नारायण पराजुली, एनआरएनए यूके सल्लाहकार- पाउन्ड १००.००
रत्न राई, एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउन्ड ५०.००
डेभिड गुरुङ, संरक्षक एनआरएनए यूके- पाउन्ड १०१.००
भरत रोका क्षेत्री, संरक्षक एनआरएनए यूके- पाउन्ड ५०.००
हितमान गुरुङ, सह–संयोजक गोर्खा टाक्स फोर्स एनआरएनए यूके- पाउन्ड ५१.००
डा. भिम पुन, अध्यक्ष छानविन समिति एनआरएनए यूके- पाउन्ड ५१.००
एमआर कँडेल, आइसीसी सदस्य एनआरएनए यूके- पाउन्ड २१.००
सुमन पुन, आइसीसी सदस्य एनआरएनए यूके- पाउन्ड १००.००
ओमप्रसाद थापा काउचा, आइसीसी सदस्य एनआरएनए यूके- पाउन्ड ५१.००
लिला सेलिङ माबो, आइसीसी सदस्य एनआरएनए यूके- पाउन्ड ५१.००
लेख गुरुङ एनआरएनए यूके सल्लाहकार- पाउन्ड ५५.००
नरमती पुन, एनआरएनए यूके सल्लाहकार- पाउन्ड ३५.००
चुडाक थापा मगर, एनआरएनए यूके सल्लाहकार- पाउन्ड ५१.००
गोमा राना, एनआरएनए यूके सल्लाहकार- पाउन्ड ३०.००
दिपक सुब्बा, एनआरएनए यूके सल्लाहकार- पाउन्ड ५०.००
बद्री योङया, एनआरएनए यूके सल्लाहकार- पाउन्ड ५१.००
राम गलामी, एनआरएनए यूके सल्लाहकार- पाउन्ड ३०.००
जम्मा संकलित रकम- ५,७०३.४७ पाउन्ड